8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

पुरुष दिवशको कार्यक्रम मनाउन जब महिलाहरू हात हातमा प्लेकार्ड बोकेर पुगे ……..

    | प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६  

सुर्खेत । आज अन्तर्राष्ट्रिय पुरुष दिवश । धेरैजसोले सामाजिक संजालमा “happy men,s day 2019″भन्दै शुभकामना आदानप्रदान गरे । सामाजिक संजालमा पुरुष दिवशको पोस्टहरु देखेपछि कतिपयले भने पहिलो पटक पुरुष दिवश पनि रहेछ भन्ने थाहा पाए । तर सुर्खेतको वीरेन्द्रनगरमा भने यो दिवशलाई फरक तरिकाले मनाइएको पाइयो ।

मंगलबार बिहान अन्तर्राष्ट्रिय पुरुष दिवस २०१९को अबसर पारी यहाँ सचेतनामुलक कार्यक्रम गरिएको छ । लैङ्िगक हिंसा विरुद्धको वर्ष अन्तर्गत यहाँका सरोकारवाला निकायले अन्तर्राष्ट्रिय पुरुष दिवशलाई महिला माथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने प्रतिबद्धता सहित मनाएका छ्न ।

पुरुष दिवशको कार्यक्रम भएपनि महिलाको सहभागीता भने बढी थियो । पुरुष दिवस मनाउन र लैङ्िगक विभेद अन्त्यको मागसहित हात हातमा चेतनामूलक सन्देशसहितको प्लेकार्ड बोकि महिलाहरु उक्त कार्यक्रममा सहभागी बने ।

पछिल्लो समय देशका विभिन्न स्थानमा महिला माथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातायात तथा बलात्कारजस्ता जघन्य अपराधीक घटना बढिरहेको अबस्थामा महिला माथि हुने सबै खाले हिंसा रोक्न महिला पुरुषबीचको सामुहिक एकता आबस्यक भएको शन्देस सहित यो कार्यक्रम गरिएको हो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६     1:09:15 PM  |

प्रतिक्रया दिनुहोस्