23 January 2020  |   बिहिबार, माघ ९, २०७६

निवर्तमान सहसचिव ढकाललाई सुर्खेत समाज दक्षिण कोरियाद्वारा विदाई

    | प्रकाशित मितिः सोमवार, मंसिर ९, २०७६  

दक्षिण कोरिया। सुर्खेत समाज दक्षिण कोरियाका निर्वतमान सहसचिव तथा वर्तमान सल्लाहकार दुर्गा प्रसाद ढकाललाई सुर्खेत समाजले एक कार्यक्रमको बीच कोरियाबाट सम्मान सहित बिदाई गरेको छ।

अध्यक्ष लोकेश खत्रीको सभापतित्व, समाजका सल्लाहकार आशाराम ढुंगानाको प्रमुख आतिथ्यता, सल्लाहकार लक्ष्मी नारायण बस्नेतको विशिष्ट आतिथ्यता र सल्लाहकार आयुश चेपाङ्गीको आतिथ्यतामा सम्पन्न भएको बिदाइ कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष विकास मल्ल, सल्लाहकार तथा पुर्व अध्यक्ष केशव तिवारीका साथै कार्यसमितिका पदाधिकारीहरू लगायतको उपस्थिती रहेको थियो। उपस्थित सबैले दोसल्ला ओढाइ सुर्खेत समाज प्रती ढकालले गरेको योगदानको उच्च कदर सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा मन्तब्यका क्रममा ढकालले भावुक हुँदै कोरिया बसाईको अवधीभर साथ र सहयोग प्रदान गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै काेरियामा सुर्खेती दाजुभाई तथा दिदीबहिनी कसैलाई दु:ख पर्दा एकआपसमा हातेमालाे गरि सुर्खेतको शिर उच्च हुने गरि मिलेर अगाडि बढ्न आग्रह गरेका थिए। सुर्खेत समाजको लागि आवश्यक सहयोग उपलब्ध गर्न निरन्तर क्रियाशिल रहने बताए ।

समाजका अध्यक्ष लाेकेश खत्रीले सम्मान सहित बिदाई कार्यक्रममा उपस्थित सम्पूर्ण मा धन्यवाद दिँदै आगामी दिनमा यसरी नै संस्थालाई साथ सहयोग पाउने आशा व्यक्त गरेका थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर ९, २०७६     8:38:47 PM  |

प्रतिक्रया दिनुहोस्