8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

    | प्रकाशित मितिः मङ्लबार, मंसिर १०, २०७६  

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छ्न ।

उपचारक्रममा अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिदै पुर्वराजा शाहले प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका हुन ।

आज अपरान्ह पूर्व राजा शाहले आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई प्रधानमन्त्री ओली उपचाररत त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर पठाएका थिए ।

निजी सचिव महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पूर्व राजा शाहको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १०, २०७६     7:35:12 PM  |

प्रतिक्रया दिनुहोस्