26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

भारतीय अतिक्रमविरुद्ध राप्रपा जनवर्गीय संगठनको बृहत विरोध प्रदशर्न

    | प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६  

काठमाडौं । राप्रपा निकट जनवर्गीय संगठनले भारतद्वारा अतिक्रमित नेपाली भुभाग फिर्ताको माग गर्दै सरकारलाई दवाब दिन राजधानी काठमाडौमा बृहत विरोध प्रदशर्न गरेको छ ।
भारतद्वारा हालै जारी राजनीतिक नक्सा र बिगत लामो समयदेखि अतिक्रम गरेको नेपाली भुभाग फिर्ता लिन नेपाल सरकारलाई दबाब दिन सर्बत्र विरोध भैरहेको बेला राप्रपा निकट सबै जनवर्गीय संगठनको पहलमा आज विरोध भएको हो ।

सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालको सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न भन्दै सरकारको ध्यानाकर्षण गराउन माग गरिएको छ । विरोध पर्दशनमा भारतले हालै जारी गरेको राजनीतिक नक्सा समेत जलाईएको थियो ।

राप्रपा निकट युवा संगठनका अध्यक्ष प्रकाश रिमालको संयोजकत्वमा भएको विरोध कार्यक्रममा भारतद्वारा अवैध रुपमा कब्जा जमाइएको क्षेत्रबाट सेना वा अर्ध सैनिक बल हटाउन र लिम्पीयाधुरासम्म आफ्नो अधिकार जनाई नेपाल सरकारबाट भारत सरकारलाई अविलम्व पत्र लेख्न आग्रह गरिएको छ ।

विरोध कार्यक्रममा राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ समेतको उपस्थिति थियो । विरोध सभालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार बहादुर धमला लगायतले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ताको माग गरे ।

 

प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     6:17:23 PM  |

प्रतिक्रया दिनुहोस्