8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प, काठमाडौंसम्म हल्लियो

    | प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६  

काठमाडौं । सिन्धुपाल्चोकका केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १०:०८ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।यसको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

यो गोर्खा भूकम्पको पराकम्प भएको जनाइएको छ । २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्र गरी ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । साढे चार वर्षसम्म पनि परकम्प, भूकम्पीय धक्काको महसुस गरिएको छ ।

यस पराकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     10:59:52 PM  |

प्रतिक्रया दिनुहोस्