8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

प्रदेश पाँच मा पुर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी

    | प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६  

काठमाडौ । पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ । यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि राजावादी देखि हिन्दुवादी र नागरिक समाज सबै स्वागतको तयारीमा जुटेका छ्न ।

शाहले प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको भ्रमण गर्ने खबर पाए लगतै स्वागतको तयारी सुरु भैसकेको जनाईएको छ । उनको स्वागतका लागि राजसस्था निकट मानिएका शिव सेना नेपाल ,विभिन्न हिन्दुवादी र राजावादी संगठन,शाही युवा शक्ति ,स्वतन्त्र नागरिक समाजलयाएतले स्वागतको तयारी थालेका हुन ।

यसैक्रममा पूर्वराजा शाहलाई मङ्सिर १६ गते रुपन्देहीमा भव्य स्वागतको तयारी भएको छ । राष्ट्रिय शक्ति नेपाल अभियान लगाएतका सस्थाले पुर्वराजा शाहको स्वागत गर्नेछ्न । पूर्वराजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी ,अर्घाखाँची समेत जानेछ्न ।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पुजापाठ गर्ने कार्यक्रम छ । लामो समयपछि शाहसङ्ग भेटघाट गर्न पाइनेभएपछी नागरिक समेत खुशी भएका छ्न ।

शाह मङ्सिर १५ गते भैरहवा जादैछ्न । सो क्रममा १६ गते बुटवल भैरहवा स्थित शिव मन्दिर र १७ गते मर्चवारमा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । यसैगरी १९ गते पाल्पाको भगवती मन्दिर ,नवलपरासी अर्घाखाँची लगाएतका जिल्लामा रहेका शक्ति पिठमा पुजाआजा र स्थानीय नागरिक,राजसस्था निकट व्यक्तिशीत भेटघाट पनि गर्ने बताईएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६     5:27:41 PM  |

प्रतिक्रया दिनुहोस्