भैरहवामा विशाल जनसागर,बाजागाजा सहित राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत (भिडियोसहित )

काठमाडौ । प्रदेश-५मा रहेको धार्मिक स्थलहरुको दर्शन लागि पुर्वराजा ज्ञानेन्द्र शाह आज भैरहवा पुगेका छ्न । भैरहवा विमानस्थलमा शाहको बाजागाजा सहित स्वागत गतिएको छ ।

भैरहवालाई मुकाम बनाएर पूर्वराजा शाह पश्चिम क्षेत्रको विभिन्न जिल्लाको मठमन्दिरको दर्शन तथा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । उनी एक हप्ता भन्दा बढी यस क्षेत्रमा बस्ने छन्। एक हप्ताको बिचमा मंसिर १८ गते भेटघाटको कार्यक्रम राखिएको छ।

भैरहवामा पूर्वराजा शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए। भोली बुटवलको शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा गर्नेछन् ।

आगामी मंगलबार उनले भैरहवाकै मर्चवार भगवती मन्दिरमा पूजा गर्ने बताइएको छ ।पूर्व राजा शाह मंसिर १९ गते पाल्पा पुगेर पाल्पाको भगवती मन्दिरको पूजा गर्ने र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

यही मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उनी २२ गते काठमाडौं फर्कर्नेछन् ।
भिडियो हेर्नुहोस ।

प्रतिक्रया दिनुहोस्