8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

साग महिला क्रिकेटमा अञ्जली चन्दले रचिन विश्वकीर्तिमानी ,२ ओभरमा ६ विकेट

    | प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा नेपालकी अन्जली चन्दले विश्वकीर्तिमान प्रर्दशन गरेकी छिन् । चन्दको किर्तिमानी बलिङले माल्दिभ्सबिरुद्ध नेपाल १० विकेटले बिजयी भएको छ ।

पहिले टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन मात्र बनायो । सामान्य १७ रनको लक्ष्य नेपालले पहिलो ओभरमै पुरा गरेको छ । पहिलो नो बलमा नेपालकी काजल श्रेष्ठले चौका प्रहार गरेकी थिइन भने काजले तीन चौका ठोकेर नेपाललाई जिताइन ।

पहिले बलिङ गरेको नेपालका लागि अञ्जली चन्द माल्दिभ्सका लागि घातक बनिन् । माल्दिभ्सका ९ खेलाडीले खाता खोल्न पाएनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । उनले अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिर्इ ६ विकेट लिइन् ।

 

प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     1:00:30 PM  |

प्रतिक्रया दिनुहोस्