6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

एसइई परीक्षा चैत्र ६ देखि (तालिकासहित )

    | प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइई २०७६ को परीक्षा तालिका सार्वजनिक गरेको छ । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको परीक्षा आगमी चैत ६ गतेदेखि हुने भएको छ ।

बोर्डले एसइईको परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने भएको छ । ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक, १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणीत र अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा हुने भएको छ ।

परीक्षा देशभरका केन्द्रबाट विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेभएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६     10:01:12 AM  |

प्रतिक्रया दिनुहोस्