25 February 2020  |   मङ्लबार, फाल्गुन १३, २०७६

देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

    | प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६  

एजेन्सी । देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । पाकिस्तानको इतिहासमा पहिलोपटक लाहौरस्थित हाईकोर्टले देशद्रोह गरेको ठहर गर्दै उनलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

हाईकोर्टका प्रधानन्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले सन् २०१३ देखि चलिरहेको देशद्रोहको मुद्दामा मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

तर हाईकोर्टले मृत्युदण्डको फैसला सुनाइरहेका बेला मुशर्रफ देश बाहिर छन् । आफ्नो उपचारका लागि उनी दुबईमा रहेको न्यूज एजेन्सीहरुले बताएका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो संदेश दिँदै जाँच आयोगलाई आफ्नो अबस्था हेर्न दुबई आउन आग्रह गरेका थिए ।

उनले आफु  विरुद्ध लागेको आरोपहरुको एक एक जवाफ दिन म तयार छु ।तर स्वास्थ्य अबस्थाका कारण म जाँच आयोगले बोलाएको ठाउँ र समयमा पुग्ने अबस्था छैन, यही आएर मेरो अबस्था हेर्दा हुन्छ’ मुशर्रफले भिडियो संदेशमा भनेका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।

देशद्रोहको मुद्दा लागेपछि मुशर्रफले त्यसको प्रतिवाद गर्दै आएका थिए । उनले आफू विरुद्ध लगाइएको देशद्रोहको आरोप निराधार भएको बताएका थिए ।

मुशर्रफले आफु देशद्रोही नभएर देशको सेवक भएको बताएपछि लाहोर हाईकार्टले उनलाई देशद्रोही सावित गरेको छ । तीन न्यायाधीशको बेन्चले सर्वसम्मतिबाट उनलाई मृत्यु दण्डको फैसला सुनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६     1:41:47 PM  |

प्रतिक्रया दिनुहोस्