24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

झूट बोलेर देशद्रोह गर्नु भन्दा सत्य बोलेर सत्ता त्याग गर्नु राम्रो !

    | प्रकाशित मितिः बुधबार, पुस २, २०७६  

खगिन्द्र राज पौडेल
गणतन्त्रवादी भनिने र झुटको खेती गरेरै भएपनि देशको शासक बनेकाहरुले मात्र जीवनमा एकपटक देशका लागि सत्य बोलीदिने हो भने देशको अस्थित्वको रक्षा हुनसक्छ ।, तर जीवनको उदयदेखि हालसम्म आफूलाई संधै अंगालोमा बेरेर न्यानो काख प्रदान गर्ने नेपाल आमा प्रति यति न्याय गर्ने हिम्मतसम्म यी दास मनस्थिती बोकेका नेताहरुमा देखिएन ।

हुनत जो अरुको आज्ञा पालनलाई आफ्नो कुर्सी रक्षाको कवचको रुपमा देख्दछ, उसका लागि अन्य बिषयहरु गौण हुने गर्दछन ।, तर पनि पूर्ण रुपमा अघाइसकेपछि अन्तमा एक डकार भएपनि देशका निम्ति निकाल्दा देशको पनि हित हुने थियो भन्न नसक्नु कस्तो लाचारी ?

प्रमाणिक रूपमा यिनीहरूलाई बुख्याचा बनाएर राजसंस्था हटाईएको, धर्म निरपेक्षता लादिएको र संघियता भित्र्याइएको भनेर यिनीहरुका प्रभुले नै बिभिन्न समयमा बोलीसकेका छन् र यिनीहरुले पनि हामीलाई प्रयोग गरियो भनेर समय समयमा स्विकार गरिसकेका छन ।, तैपनि देशको अस्थित्व रक्षाका लागि हामी सुध्रिनु पर्छ भन्ने बोधसम्म यिनीहरुमा देखिंदैन । राष्ट्रिय स्वाधिनता लागि देशलाई स्थायी अविभावक चाहिन्छ र त्यसको लागि राजसंस्थाको विगत र बर्तमान तुलना गर्दा पनि अरु बिकल्प हुन सक्दैन । त्यसैले यदि दलहरु अलिकति मात्र पनि यो देश प्रति जिम्मेवार छु भन्ने महशुस गर्छन् भने निर्बाध रुपमा अविभावकका रुपमा राजसंस्था स्विकार गर्न किन हिच्किचाहट ?

देशद्रोह गरेर सत्ताको मजा लिनेहरुलाई क्षणिक आनन्द त प्राप्त होला तर जनताले बुझेपछी पाकिस्तानी पूर्व राष्ट्रपती मुसरफको जस्तो अबस्था नआउला भन्न सकिन्न । भोलीका दिनमा देशभक्तको हातमा सत्ता गएको दिन कुरेर प्रतिक्षा गर्दै आफ्नो पतन कुर्नु भन्दा आज नै सुध्रिएर देश र जनताको भलो हुने काम गर्नु नै दलहरुको बुद्घिमानी हुनेछ ।

यो देशको स्थायित्वमा खड्किएको हालको टट्कारो बिषय भनेको देशको अविभावकीय भूमिका नै प्रमुख हो, त्यसको स्थायी समाधान राजसंस्थाको पुनस्थापनाबाट मात्र संभव छ किनभने कुनै पनि पार्टीबाट निर्वाचित प्रतिनिधी देशको अविभावकीय भूमिकामा रहंदा राष्ट्रियता कमजोर हुने र देशप्रति भन्दा आफ्नो पार्टीप्रति बढी बफादार रहने भएको हुंदा स्वाभाबिक रुपमा सबै जनताको अविभावक बन्न सकेका पनि छैनन् र सबै जनताले स्विकार गर्न पनि सकेका छैन । जनताका छोराछोरी देशको अविभावक हुन पाउने कुरा सुन्दा मीठो लागेपनि समग्र परिवेश र राष्ट्रिय, अन्तराष्ट्रिय संरक्षकत्वको भूमिका पुरा गर्न नसकेको प्रष्ट देखिएको छ ।

जनताको हातमा सत्ता रहेर अविभाबकीय भूमिकामा राजसंस्था रहंदा विदेशीहरुको गिद्दे दॄष्टिबाट पनि बच्न सकिने र बिदेशीको ईशारामा चल्ने पार्टीहरुले छानेका ब्यक्तिलाई कसरी देशको अविभाबक मान्नु र ?भनेर आफुले आफैंलाई संधै प्रश्नवाचक लगाई रहनु पर्ने झन्झटबाट पनि मुक्त हुन पाइने । फेरी अर्को पाटोबाट हेर्दा पनि राजसंस्थाले संधै जनतालाई जनार्दन मानेर जनताले छानेका प्रतिनिधीकै जिम्मेवारीमा शासन सत्ता चलेको देखिएको छ र देशको सार्वभौमिकताको रक्षाकै लागि आफ्नो जीवन उत्सर्ग गरिएको देखिएको छ । सत्ता छोड्ने तर देश र जनता नछोड्ने यस्ता सत्यवादी राजा हाम्रै अगाडी होईवक्सन्छ ।

त्यसैले आजको देशको आबश्यकता भनेको देशको आधार के हूंदा राष्ट्रियता बलियो हुने भन्ने नै हो र यसका लागि तीन कुरामा सुधार आबश्यक देखिएको छ, ती हुन् :-
१. राष्ट्रिय अविभाबकीय भूमिकामा राजसंस्था,
२. बैदिक सनातन हिन्दु अघिराज्य नेपाल र
३. संघियताको खारेजी गरेर अखण्ड नेपाल ।

यी तीन बिषयलाई अपरिवर्तनीय धारा बनाएर संबिधानमा संसोधन गरी देशको अस्थित्वको रक्षा र चीरकालसम्म नेपालको अस्थित्व रक्षाका लागि दलहरु लगायत नेपाली जनता र राजसंस्थाको पहलमा नेपाललाई विश्व सामु संवॄध्द राष्ट्र बनाउनका लागि आजैबाट पहल गरौं, त्यसैले म र देश हैन सबैले “मेरो देश” संम्झेर प्रतिज्ञा गरौं अबश्य बच्छ देश, अबश्य बन्छ देश । अस्तु !!

प्रकाशित मितिः बुधबार, पुस २, २०७६     4:38:08 PM  |

प्रतिक्रया दिनुहोस्