24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

यो सरकारले किन दिदैन पृथ्वी जयन्तीमा विदा ?

    | प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६  

खगिन्द्र राज पौडेल
जुनसुकै देशमा पनि दुई किसिमका शक्तिकेन्द्रहरु हुने गर्दछन्, १.राष्ट्रवादी र २. राष्ट्रघाती । यीनै दुई तत्वको खेलमा कुनै पनि राष्ट्रको प्रगति र दुर्गतिको सहजै मूल्यांकन गर्न सकिन्छ । यदि कुनै पनि देशका जनता आफ्नो देशको संस्कृति, रितीरिवाज, परम्परा,आफ्नो पृष्टभूमीलाई आधार बनाएर चलेको छ भने सो राष्ट्रमा राष्ट्रवादीहरुको शासन ब्यबस्था छ र सो मुलुक संबृद्घिको दिशातर्फ उन्मुख हुन्छ जस्तै जापान । सो राष्ट्र यदि संम्वृद्ध छैन भने पनि बिकास तर्फ अबश्य उन्मुख हुन्छ जस्तै श्रीलंका ।त्यस्तो राष्ट्र कहिल्यै पतन हुंदैन ।तर यसको ठीक बिपरित राष्ट्रघाती शक्ति हावी भएको छ र उसको हातमा शासन सत्ता छ भने त्यो राष्ट्रको अस्थित्व समाप्तिको संघारमा हुन्छ ।

कसरी थाहा पाउने राष्ट्रघातीको हातमा शासन सत्ता छ भनेर ?
यसका लागि सो राष्ट्रमा चलिरहेको शासन ब्यबस्थाको साधारण लेखाजोखाबाट छर्लंङ् हुन्छ । जस्तै नेपालको परिवेशमा हेर्ने हो भने याहाँ राष्ट्रघातीहरुको शासन सत्ता छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसका आधारहरु हुन् ।

१. बैदिक काल देखि राष्ट्रले मान्दै आएको स्थायी अविभावक संस्था राजसंस्थालाई पाखा लगाउनु,
२. बैदिक सनातन काल देखी राष्ट्रले मान्दै आएको धर्म, रितिरिवाज, परम्परालाई पाखा लगाएर धर्म निरपेक्ष राष्ट्र घोषित गर्दै देशको एकतालाई अनेकतामा बिभाजन गर्नु ।
३. अखण्ड एकतामा जोडिएर रहेको देशलाई संघिय संरचनमा लगेर खण्डित गर्नु ।
४. राष्ट्र निर्माता लगायत देशका अमूल्य निधीहरुको संरक्षण गर्नुको सट्टा तिरष्कृत गर्दै लैजानु ।
५. कमिशनका लोभमा देशमा रहेका निर्यात र रोजगारमुखी उधोगधन्दा कलकारखाना बन्द गराइ देशका युवाशक्तिलाई रोजगारका लागि विदेशिन र सम्पुर्ण आन्तरिक खपतका लागि आयातमा परनिर्भर बनाउनु ।
६. पार्टीगत स्वार्थलाई राष्ट्रिय स्वार्थ भन्दा माथि राख्नु ।
७. बैदेशिक सहयोग र राष्ट्रिय सम्पत्तिलाई निजी सम्पत्तिमा परिणत गर्नु ।
८. सरकारमा रहेकाकै मिलेमतोमा भ्रष्टाचारलाई संस्थागत गर्दै लैजानु ।
९. कार्यपालिका र न्यायपालिका समेतलाई पार्टीको भर्तीकेन्द्र बनाउनु ।
१०. अक्तियार र प्रहरी प्रशासन पनि भ्रष्ट बन्नु आदी ।
यी माथि उल्लेखित आधारलाई गहिरिएर हेर्ने र मनन गर्ने हो भने यो सरकार राष्ट्रघाती नै हो भन्न कुनै आईतवार पर्खनु पर्दैन, मात्र जरुरी छ बिउंझिएर हेर्न ।

“मेरो गौरब मेरो देश” कसले निर्माण ग-यो ? सबैलाई थाहा छ राष्ट्रनिर्माता पृथ्वी नारायण शाह । तर जसले यो देश निर्माण गरेर हामीलाई नेपाली बनायो बहाँको सम्मानमा एक दिन सार्वजनिक बिदा दिएर यो राष्ट्र र देशवासीलाई सम्मान गर्न नसक्ने सरकार देशद्रोही हो भन्दा कुनै अपमान हुने छैन ।

यो देशको एकिकरण गर्ने मात्र भनेर पृथ्वी नारायण शाहाको अवमूल्यन हुन्छ किनभने उनका दिव्योपदेशका आधार अनुरुप मुलुक चलेकोले नै मुलुक बचेको हो या अझ भनौं वहाँले एकिकरणका साथै रक्षामन्त्रका रुपमा दिब्योपदेश र दिब्योपदेशकै आधारमा मुलुकको शासकीय स्वरुप र संञ्चालन भएको कारण देश बंचेको रहेछ । दुई ढुंगा बीचको तरुल भनेर आफु नरम रहौं भन्ने दिब्योपदेश होस् वा चार जात छत्तिस बर्णको फुलबारी भनेर हामी सबै एक हौ भनेर नेपाली नेपाली बीचको एकतामा जोड दिएको दिब्योपदेश होस् ।

देशको लागि ईसाइ सबैभन्दा ठुलो भाईरस हो भन्ने भावका साथ ईसाइहरुलाई देश निकाला गरिएको र सजक रहन ब्यक्त गरिएका दिब्योपदेश होस् । त्यसैले उहांलाई राष्ट्रनिर्माता रुपमा मात्र नहेरेर हालसम्म देश रहनुको पछाडि ती दिब्योपदेशको अक्षरस पालना शाहवंशिय राजसंस्थाबाट भएकोले नै हो । यस्तो देशका अमूल्य निधीको संझनामा तिनै निधीको बिरासतमा रमाउनेहरु उहांकै अपमान गरी एक दिन राष्ट्रिय पर्वका रुपमा मनाएर खुशीयालीमा नाच्न नसक्ने नरपशुहरुलाई ब्यक्त गर्ने शब्दको अभाव हुन थालेको छ ।

नेपालको भाइरसका रुपमा रहेका दलहरु हुन् वा यिनका मालिकहरु यी सबैले त्यहि दिब्योपदेशकै आधारमा मुलुकलाई कमजोर बनाएकाछन् । दुई ढूंगा बीचको तरुल खन्न एकापट्टीको ढूंगाको प्रयोग गर्नुपर्ने भएकले एउटा सोनिया नामक आत्माघाती ढूंगाको प्रयोग गरियो र सबै क्षत्विक्षत पारियो । त्यो ढूंगाले राजसंस्था मात्र सिध्याएन देश र राजसंस्थाका आधारहरु अखण्डता र धर्म सापेक्षता पनि सिध्यायो जसका कारण राष्ट्रघाती गणतन्त्रले भाइरस भनिएको ईसाइकरण पनि भित्र्यियो ।

यी गणतन्त्रवादी भाईरसहरुका ठूला शत्रु भनेका नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, वहाँका वंशजहरु र देशभक्त नेपाली नै हुन् । यो सरकारले राष्ट्रनिर्माताको संम्झनामा एकता दिवस मनाएनन् भनेर चित्त दुःखाउनु पुर्व यी देशभक्त हुन् की राष्ट्रघाती भनेर पहिचान गर्न सक्नुपर्छ। जुन सरकार देश र जनताको सम्पूर्ण परिचय नामेट गर्न उद्दत छ, त्यो सरकारले राष्ट्रनिर्माताको अपमान गरेर एकता दिवसमा विदा दिएन, पर्वका रुपमा मनाएन भन्नु भन्दा यिनीहरुका कुकृत्य प्रष्ट्याएर नाङ्गेझार वनाउन अग्रसर हुने होकी ?

सबै राष्ट्रका आ- आफ्नै आधार, मूल्य र मान्यता हुने गर्दछन् र सोही अनुसार राष्ट्र चलेको हुन्छ । नेपालको आघार ( मूल) भनेका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नै हुन् । ब्यबस्था फेरिहिरहन्छ समय अनुसार तर निर्माता एउटै हुन्छ जुन ब्यबस्था आएपनि वहाँको सम्मान नै राष्ट्रको सम्मान हो ।

राज्यद्रोहको सिलशिला माओवादी द्वन्दकालबाट नै शुरुबात भएपनि दरवार हत्याकाण्डबाट यसले र यसका नाईकेहरुले जरा गाडेको देखिन्छ । कुनै पनि राष्ट्रलाई असफल राष्ट्रमा परिणत गर्नका लागि त्यस देशको आधार नष्ट गर्नुपर्छ । त्यहि आधार समाप्त गर्ने शुरुबातका रुपमा दरवार हत्याकाण्ड गरियो । त्यसपछी दरवारका बचेकुचेका सदस्यहरुलाई बिभिन्न अफवाह मच्चाएर जनतालाई दिग्भ्रमित पारियो । त्यसपछी देशभक्तिका कारण भबिश्यमा फेरी राजसंस्था पुनस्थापित हुनसक्छ र नेपाल र नेपाली संम्हालिन सक्छन् र राष्ट्रियता बलियो हुनसक्ने डरले राजसंस्थाका आधारको रुपमा रहेको हिन्दु राष्ट्रलाई भत्काएर धर्म निरपेक्ष राष्ट्र बनाई राष्ट्र माथि अर्को घात भयो । यदि धर्म निरपेक्ष गरेर पनि अखण्ड राष्ट्र नै रहेमा जुनसुकै बेला पनि नेपाली एक भएर देशमाथिको प्रहारको सामना गर्नसक्ने देखेर देशलाई खण्डिकरण गर्नका लागि सात प्रदेश बनाई राज्यको एकता माथि अन्तिम प्रहार भयो । मूल रुपमा यी तीन ( राजसंस्थाको अन्त्य, धर्म निरपेक्षता र संघियता) आधारहरु पूर्ण रुपमा क्षतविक्षत गरिसकेपछी बिभिन्न आरक्षणका नाममा जाती जाती, धर्म धर्मका बीचमा विभेद श्रृजना गरी नेपाली नेपाली बीचको एकतालाई द्वन्दमा परिणत गर्दै देशलाई कमजोर बनाउने कामहरु भइरहेकाछन् निरन्तर ।

आईएन्जियोको नाममा भित्रिएको ईसाइकरण होस् वा फुटाऊ र राज गरका नाममा भित्रिएका बिभिन्न बहानाका सहयोग राशीहरु हुन्, सबै नेपालीका एकता खण्डिकरणका लागि भित्रिएका भाईरसहरु हुन् । यसबाट बच्नका लागि एक सचेत देशभक्त नागरिकले गहिरिएर सोच्ने बेला आईसकेको छ ।

राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माताको शालिकमा ढूंगा हान्ने देशद्रोहीहरुको झूण्डलाई बेलैमा पहिचान गर्न नसकेर शासन सत्ताको बागडोर नै तिनै देशद्रोही पार्टीहरुलाई सुम्पनु नेपाली जनताको महाभूल हो र यहि भूलका कारण देश नै नरहने अबस्थामा पुगेको छ । यो नेपाली जनकाका भूलका कारण भोलीका सन्ततीको भविश्य पूर्ण रुपमा अन्धकार भइसकेको छ । अझै पनि नेपाली जनता नसंच्चिने हो र यिनै राज्यद्रोही पार्टीहरुकै बिश्वासमा देशको शासन सत्ताको बागडोर छोडिरहने हो भने नेपाली जनताले निकट भबिश्यमा नै सरणार्थी जीवन जीउनु नपर्ला भन्न सकिन्न ।

आफ्नो ब्यक्तिगत स्वार्थका लागि राष्ट्रिय ढुकुटी रित्याउने र त्यतिले मात्र नपुगेर बिदेशीका एजेण्डा पुरा गरिदिने बहानामा बिभिन्न सहयोग र ऋण भित्र्याउनाले नेपाली जनतामा दैनन्दिन बैदेशिक ऋणको भार बढ्दै जानु देशको सिध्याउने अर्को खेल हो । यी देशद्रोही दलहरु र यसका संञ्चालक स्लिपरसेल बुख्याचा नेताहरुलाई अब जेल चलान गरी राष्ट्र जोगाउने काम जति सकिन्छ चाँडो गर्नुको बिकल्प हामीसंग छैन ।

राष्ट्रघात गर्नकै लागि नेकपाको एकिकरण गरी दुईतिहाइ बहुमत बनाएको र प्रतिपक्षीको रुपमा रहेको काग्रेसले पनि तिनीहरुको देशद्रोहमा सघाएका कारण यी पार्टीहरुमा बिश्वास गर्ने आधार छैन । त्यसैले अबका दिनमा नेपालीहरुले पार्टी त्याग गरेर नेपालको झण्डा मुनि एकत्रित हुनु अति आबश्यक भइसकेको छ । राष्ट्र निर्माता मात्र हैन यो ब्यबस्थाले यो देश चाहने सबैको अपमान र तिरस्कार गरेको छ त्यसैले समयमा नै भाईरस गणतन्त्रलाई समाप्त गरि राजसंस्था सहितको अखण्ड हिन्दु अधिराज्य नेपाल पुनस्थापित गरि आफु पनि बाँचौ र देश पनि बचाऔं ।

प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६     2:19:21 PM  |

प्रतिक्रया दिनुहोस्