25 February 2020  |   मङ्लबार, फाल्गुन १३, २०७६

जनवरी २५ मा कर्णाली साङ्गितीक साँझ ‘रारा डान्स पार्टी भाग-२’ हुने

    | प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६  

दक्षिण कोरिया। कर्णाली आपतकालिन अक्षयकोष स्थापनार्थ दक्षिण कोरियामा आयोजना हुन लागेको कर्णाली साङ्गितिक साँझ ‘रारा डान्स पार्टी भाग-२’ को सम्पूर्ण तयारी पुरा भएको छ।

दक्षिण कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारी सुर्खेत समाज दक्षिण कोरियाले जनवरी २५ तारिख शनिबार साँझ कर्णाली साङ्गितिक साँझ ‘रारा डान्स पार्टी भाग-२’ को आयोजना गर्ने भएको छ। ‘हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश’ भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमबाट संकलित रकमबाट कर्णाली आपतकालिन अक्षयकोष स्थापना गरिने समाजका अध्यक्ष लाेकेश खत्रीले बताए।

दक्षिण कोरियाको सुवन स्टेशन गेट नं. ९ को दायाँपट्टि रहेको ठुलो हल (낙원콜라텍) मा डान्स पार्टीको आयोजना हुनेछ। चर्चित नृत्यांगना तथा गायिका भावना आचार्य, DJ Ness, unipue band 2020 का साथै गायकद्वय उदिप श्रेष्ठ र लोकेन्द्र चन्दको प्रस्तुती रहने डान्स पार्टी साँझ ८ बजेदेखि भोलिपल्ट बिहानसम्म चल्नेछ। डान्स पार्टीका लागि २०,००० कोरियन वन प्रवेश शुल्क निर्धारण गरिएको छ। काठमाडौं रेष्टरेन्ट(आनसान), नाङ्लो रेष्टुरेन्ट(दाेङ्देमुन), कुमारी भान्साघर (दाेङ्देमुन), पुर्णिमा रेष्टुरेन्ट(सुवन), खप्तड रेष्टुरेन्ट (सुवन), माउन्टेन रेष्टुरेन्ट(फेन्तेक), E9 pay, HANPASS REMITANCE, माेबाईल पसल, फाेननारा पसल नबर 50 (सुवन), दिपक माेबाईल पसल नबर 60(सुवन), हेल्लाे बेल माेबाईल पसल नबर 44(सुवन)ले डान्स पार्टीकाे प्रायाेजन गर्नेछन् भने उज्यालो समचार डकम र हिमाली टाइम्स डकमलाई मिडिया पार्टनरकाे जिम्मा दिईएकाे छ।

कर्णाली आपलकालिन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजित कर्णाली साङ्गितिक साँझ ‘रारा डान्स पार्टी भाग-२’ रात्रीकालिन कार्यक्रम विशुद्ध मनोरञ्जनका साथै समाजसेवा गरी पुण्य कमाउने अवसर पनि भएकाले सम्पूर्ण कोरियाबासी नेपालीहरूमा गरिमामय उपस्थिति जनाई सभ्य तथा भब्य रूपमा सफल बनाईदिनको लागि समाजका सचिव बखत थापाले अनुरोध गरेका छन्।

प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६     8:54:11 AM  |

प्रतिक्रया दिनुहोस्