24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

सि.बि.ओ विकास केन्द्रद्वारा वार्षिक प्रगति समिक्षा तथा सामाजिक परिक्षण सम्पन्न

    | प्रकाशित मितिः आइतवार, पुस १३, २०७६  

इन्दु केसी,कैलाली । सि.बि.ओ. विकास केन्द्रले आफुले वर्षभरी गरेका कार्यहरुको प्रगति तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले घोडाघोडी नगरपालिका १ सुखडमा सिलाइ कटाइ तालिमको समापन संगै यसवर्ष भए गरेका कार्यको समिक्षा गरेको हो ।

सि.बि.ओ विकास केन्द्रले कैलालीको साबिक साडेपानि,रामशिखरझाला,मोहोन्याल,पण्डौन गाबिसमा कार्यहरु गरिरहेको छ । सिमान्तकृत समुदायको दिगो जिविकोपार्जनका लागि यसले कार्य गरिरहेको छ ।

यसैबिच आफुले घोडाघोडी नगरपािलका अन्र्तगत गरेको कार्यहरुको समेत केन्द्रले आइतबार अनुगमन गरेको छ । घोडाघोडी नगरपालिका वडा न ४ का अध्यक्ष टेक बुढा, नगरपािलकाका कृषि शाखा प्रमुख जनक धामि,पशु शाखाका मनोज आचार्य ,सि.बि.ओ विकास केन्द्रका अध्यक्ष रुप नारायण चौधरी,प्राबिधिक बिनोद रावत लगायतको टोलिले कार्यको अनुगमन गरेको हो ।

टालिले सि.बि.ओ विकास केन्द्रले यस बर्ष घोडाघोडी नगरपािलका वडा न ४ स्थित गैडाखेडामा सयपत्रि कृषक महिला समुह अन्तर्गतका स्थानियहरुलाइ गोठ सुधार, वडा न ५ स्थित चौधरी महिला बचत समुहले गरेको च्याउ खेति,वडा न ६ स्थित लाली गुरास महिला कृषक समुह मार्फत गरिएको आलु खेति र गहु खेतिको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा च्याउ खेति गरिरहेकि बेफ्नि चौधरीले सि.बि.ओ को सहयोगले घरमै च्याउ उत्पादन गरि आम्दानि लिन पाउदा खुशि लागेको बताइन ।

उनले भनिन, बजारको पनि चिन्ता छैन घरमै लिन आउछन । सयपत्रि कृषक महिला समुहका अध्यक्ष गंगा घर्तिले भनिन,हल्दि खेति,फलफुल, गोठ सुधारका संगै उत्पादनका लागि सि.बि.ओ विकासले बिउ बितरण गरेको छ,हामि खुशि छौ आगामि दिनमा पनि अझै सहयोग गर्छ भन्नेमा हामी विस्वस्त छौ”।

यो संगै सि.बि.ओ विकासले प्रगति समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ । केन्द्रले यो बर्षभरि गरेका कार्यहरु बारे सि बि ओ बिकास केन्द्रका ब्यवस्थापक ज्ञानु प्रसाद तिवारीले कार्यक्रम मार्फत जानकारी गराएका थिए ।

जसमा आफ्नो भनाइ राख्दै घोडाघोडी नगपालिका वडा न ४ का अध्यक्ष टेक बुढाले सि.बि.ओ विकासले स्थानिय कृषकहरुका लागि राम्रो कार्य गरेको बताए । उनले आफ्नो तर्फबााट पनि सक्दो सहयोग गर्ने बताए । त्यसैगरी कार्यक्रममा कृषि शाखा प्रमुख जनक धामि,तुल्सि चौधरी, लगायतकाले आफ्नो भनाइ राखेका थिए । सिलाइ कटाइ तालिममा सहभागिहरुलाइ प्रमाण पत्र बितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

 

 

प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     8:25:47 PM  |

प्रतिक्रया दिनुहोस्