24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

    | प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६  

नेपालगन्ज । नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले  सरकारसँग भएका पछिल्ला सम्झौताहरु तत्काल कार्यन्वयन हुनुपर्ने माग गरेको छ।

शिक्षक महासंघ राष्ट्रिय समिति तथा नेपाल सरकारबीच भएको ३० बुँदे सम्झौता तत्काल अक्षरंशा कार्यन्वयनमा ल्याउनुपर्ने भन्दै पहल गरिदिन शिक्षक महासंघ,नेपालगन्जले आफ्नो राष्ट्रिय समिति समक्ष मागपनि गरेको छ। शिक्षक महासंघ, नेपालगन्ज नगरसमितिको सम्पन्न एक बैठकले सो बारे निर्णय गर्दै शिक्षक महासंघ राष्ट्रिय समितिलाई शिक्षा क्षेत्रमा व्याप्त अन्य थप समस्याबारे पनि समाधानका लागि
नेपालगन्ज नगर समितिले ध्यानाकर्षण समेत गराएको छ।

नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माद्वारा हस्ताक्षरित  सो माग पत्र शिक्षक महासंघ राष्ट्रिय समितिलाई पठाउदै   विद्यालय कर्मचारीको तलबभत्ता निजामती सेवा सरह हुनुपर्ने, बालविकास शिक्षकहरुको तलबभत्ता शिक्षक सरह कायम हुनुपर्ने,राहत शिक्षकहरुको समस्या समाधान हुनुपर्ने,अस्थायी सेवा अवधि गणना गरि स्वेच्छिक अवकाशको व्यवस्था हुनुपर्ने,पुरुष शिक्षकहरुको पोशाकको रंग पुनरावलोकन हुनुपर्ने लगायतका मागपनि जोडदाररुपमा सारिएको नगर अध्यक्ष श्रीवास्तवले जनाउनु भएको छ।

प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     8:03:00 PM  |

प्रतिक्रया दिनुहोस्