नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिद्वारा नव नियुक्त शिक्षकहरुको स्वागत

नेपालगन्ज । नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले नव नियुक्त शिक्षकहरुलाई एक कार्यक्रमबीच स्वागत गरेको छ।

नेपालगन्ज उप-महानगरपालिका भित्र विभिन्न तहमा भर्खरै पदस्थापित भएका १२ जना नवनियुक्त शिक्षकहरुलाई खादा ओढाइ सम्मानसहित  शिक्षक महासंघ नेपालगंज नगर समितिले शुक्रबार स्वागत गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिरहनु भएका शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवसहित शिक्षक अगुवाहरुले सम्मानसहित उहाँहरुलाई  शिक्षा सेवामा सो स्वागत गरेका थिए। सो क्रममा नवनियुक्त निमावितर्फ पुनम थापा, ऋतु ओली, सुशीला चन्द , सावित्रा शर्मा र प्रावि तहतर्फ ओमप्रकाश वर्मा, दिनेश चन्द्र दिक्षित , रमेश साहु, सुनिता रानी पण्डित , गंगा रावत , सीता शर्मा, अल्का वर्णवाल ,मोति केसीलाई सम्मानसहित स्वागत गरिएको जनाइएकोछ।

कार्यक्रममा प्रमुख अतिथि इकाइ प्रमुख यादवले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा नव प्रवेशी स्थायी दक्ष जनशक्तिको भुमिका महत्वपूर्ण रहने बताउदै उहाँले नयाँ जनशक्तिको आगमनसंगै नेपालगन्ज नगरको शैक्षिक स्तर थप उकासिनेमा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पेशागत संस्थाका अगुवा ,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, अन्य शिक्षकहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालगन्ज नगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख थापा, शिक्षा तालिम केन्द्र प्रमुख माधव शर्मा, नेपाल ट्रेडयुनियन काँग्रेस बाँकेका सचिव तोजेन्द्र विक, शिक्षक महासंघ  प्रदेश सदस्य मीना चन्द, शिक्षक महासंघ बाँके उपाध्यक्ष इन्द्रा गौतम, सचिव महेशकुमार शर्मा,  नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव, राष्ट्रिय शिक्षक संगठन बाँके अध्यक्ष बामदेव सुवेदी, नेपाल शिक्षक संघ प्रदेश सदस्य रमेश मिश्र, शिक्षक परिषद अध्यक्ष वृजेश बहादुर सिंह, अखिल शिक्षक संगठनका मदन अधिकारी,  शिक्षक  फोरमका रामसिंह सोनी,  प्याबसन नेपालगन्जका विकास बज्राचार्य , शिक्षक संघ नेपालगन्ज नगर समिति अध्यक्ष कंचन आचार्यलगायतको विशेष उपस्थिति रहेको थियो।

शिक्षक महासंघ नगर उपाध्यक्ष कल्पना सुवेदीले स्वागत गर्नुभएको सो कार्यक्रमको संचालन सचिव केशवराज शर्माले गर्नु भएको थियो। नगर अध्यक्ष मनोजराजा श्रीवास्तवको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रया दिनुहोस्