श्रीस्वस्थानीको शुभारम्भ सँगै लोकप्रिय गायक रेशम सापकोटाको ‘पछुतो- गायत्री मन्त्र’ (भिडियो सहित) 

काठमाडौं। नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको अर्को भजन चुट्का ‘पछुतो- गायत्री मन्त्र’ सार्वजनिक भएको छ ।

जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है घरमा (दशैंतिहार), लाहुरेनी भाउजु (जनचेतनामुलक, ठट्यौली), ठूला देवता (भजन), श्रीस्वस्थानी महिमा (चलचित्र), अंशबन्डा (ठट्यौली), नेपालको छोरो म (देशभक्ति), झलमलै तिहार (तिहार), बृद्धाश्रम भाग १ र २ (जनचेतनामुलक तीजगीत) लगायत सयौं गीतहरू चर्चाको शिखरमा छन् ।

उनै गायक तथा सर्जक रेशम सापकोटाले फेरि पनि अर्को भजन चुट्का सांगीतिक बजारमा ल्याएका हुन् । उनकै लय, शब्द तथा आवाज रहेको यस गीतको महिला आवाजमा उनलाई गायिका मञ्जु गुरुङले साथ दिएकी छन् साथै प्रकाश केसी, छायाँ मगर र राजन पौडेलले सह-आवाज दिएका छन् भने यो गीतको संगीत संयोजन गायक तथा सर्जक झलक संगीतमले गरेका छन् ।

गायक सापकोटाकै निर्देशन, गोरण चौधरीको कोरियोग्राफी, दिनेश मुस्कानको छायांकन र रोशन धितालको सम्पादन रहेको यो गीतको म्युजिक भिडियोमा गोरण चौधरी, सम्प्रिया खड्का, पदम बा लगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।

तरेली संगीत कुञ्जले उत्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा सर्जक रेशम सापकोटा लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रया दिनुहोस्