
दुबई । राष्ट्र निर्माता श्री ५ बडामहारधिराज पृथ्वीनारायण शाहको २९८औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अबसरमा नेपाल एकीकरणमा उनले पुर्याएको योग्दान बारे चर्चा गरिएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुर्वसन्ध्यामा जनवरी १० तारिकका दिन युनाइटेड अरव इमिरेट्स (युएई) को दुबईमा एक कार्यक्रमको आयोजना गरि उनको सम्झना गरिएको हो ।
ठकुरी सहयोग संजाल युएईसहित विभिन्न ११ संस्थाको अायोजनामा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले पुर्याएको योग्दान,नेपाल एकीकरणमा उनले गरेको त्याग एक सच्चा नेपाली नागरिकले भुल्न नहुने बारे चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई आत्मसात गर्न आबस्यक देखिएको बताए ।
पछिल्लो समय राजसस्थाको विरासत पछि गणतान्त्रिक सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन छोडेको छ भने यश दिन दिदै आइएको सार्बजनिक बिदा समेत कटौती गरिदिएको छ ।
जसको आम नेपाली नागरिकले गणतान्त्रिक सरकारले सता र शक्तिको धज्जी उडाएको भन्दै नेपाल एकीकरण तथा राष्ट्र पिताको सम्मान र उनको योगदान भुल्न नहुने आवाज उठ्दै आएको छ ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवश हरेक वर्ष पौष २७ गते पर्छ ।
(तस्वीर :ठकुरी सहयोग संजाल युएई )