24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

पृथ्वीनारायण शाहको योगदानको सम्मान जति गरेपनी कम हुन्छ : काङ्ग्रेस सहमहामन्त्री महत (भिडियो )

    | प्रकाशित मितिः आइतवार, पुस २७, २०७६  

काठमाडौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाश सरण महतले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको उच्च सम्मान गरिनुपर्ने बताएका छ्न ।

आइतबार धापासी फ्रेन्डसिप क्लबले २९८औ पृथ्वी जयन्तीका अबसरमा काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा महतले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए आज न नेपाल हुने थियो न हामी नेपाली हुने थियौ भनी उनको चर्चा गरे ।

आधुनिक नयाँ नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान जति गरेपनी कम हुने उनले बताए । नेपाल  एकीकरणको अभियानमा उनको त्याग र योगदानबाट नै हामी आज विस्वसामु गर्वले नेपाली भन्न पाएका छौ भन्दै महतले इतिहासमा कहिल्यै सच्चा नेपाली नागरिकले उनलाई बिर्सन हुदैन भने ।

भिडियोमा हेर्नुहोस ।

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     10:29:44 AM  |

प्रतिक्रया दिनुहोस्