पृथ्वी जयन्तीमा धनगढीमा बाजागाजासहित र्याली ,लाग्यो राजा आउ देश बचाउको नारा (भिडियो )

कैलाली । राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औ जन्म जयन्तीको अबसरमा कैलालीको धनगढीमा विशाल र्याली निकालिएको छ । आइतबार शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशको अबसरमा बिशाल र्याली सहित नगर परिक्रमा गरिएको छ ।

विभिन्न राजावादी तथा हिन्दुवादी संघ/सस्था,नागरिक समाजको बाक्लो उपस्थितिमा बाजागाजा सहित र्याली निकालिएको हो । उनीहरूले सो क्रममा राजसस्था र हिन्दु राष्ट्रबारे चर्को नारा लगाएका छ्न । सैयौको सङ्ख्यामा सहभागीले राजा आउ देश बचाउको नारा लगाए ,भने धर्म निरपेक्ष राष्ट्र हटाउन माग गरे । उनीहरूले देश र धर्म रक्षाका निम्ति राजसस्था पुनर्स्थापनाको विकल्प नभएको बताए ।

(भिडियो दिनेश खवरबाट)

 

प्रतिक्रया दिनुहोस्