विराटनगरमा २९८औ पृथ्वी जयन्ती मनाइयो (तस्बिरसहित)

विराटनगर । राष्ट्र पिता पृथ्वीनारायण शाहको जन्म जयन्ती विराटनगरमा पनि मनाइएको छ । राष्ट्रवादी यूवा समूह विराटनगरको आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औ जम्न जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मनाइएको हो ।

विराटनगर स्थित  रानी भन्सार २ मा आइतबार बिहान एक कार्यक्रमको आयोजना गरि  पृथ्वीनारायण शाहको नेपाल एकीकरणको बारे चर्चा र उनको योगदान बारे उच्च सम्मान सहित जन्म जयन्ती मनाइएको हो । कार्यक्रम राष्ट्रवादी युवा  समुहका अध्यक्ष मो मुस्लिम मियाको सभापतित्वमा सम्पन्न भएको आयोजकले बताएको छ ।
तस्वीर हेर्नुहोस ।

प्रतिक्रया दिनुहोस्