24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

२९८औ पृथ्वी जयन्ती कैलालीको स्याउले बजारमा मनाइयो

    | प्रकाशित मितिः आइतवार, पुस २७, २०७६  

अत्तरिया । राष्ट्र पिता पृथ्वीनारायण शाहको जन्म जयन्ती कैलालीको गोदावरी नगरपालिका स्थित स्याउले बजारमा पनि एक कार्यक्रमका बिच मनाइएको छ ।

(तस्बिर :दिनेश बम )

शिवशक्ती युवा कल्व र राप्रयुसं जिल्ला समिती कैलाली संयुक्त आयोजनामा आइतबार २९८औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइएको हो ।

स्याउले बजारस्थित विश्वनाथ मन्दिरमा आयोजित कार्यक्रममा स्थानीय नागरिक विभिन्न राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थित थियो ।

सो क्रममा उनीहरुले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको बारे चर्चा र उनको योगदान बारे उच्च सम्मान गर्नुपर्ने कुरामा जोड दिए ।

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     2:30:59 PM  |

प्रतिक्रया दिनुहोस्