गणतान्त्रिक सरकारलाई लज्जाबोध हुनेगरी जनतहमा मनाइयो पृथ्वी जयन्ती,देशभर जनसागर (भिडियोसहित)

काठमाडौ । यसवर्ष राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवश भव्य र सभ्य रूपमा देशभर मनाईएको छ । गणतान्त्रिक सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन छोडेपनी नेपाली जनताले भने स्वस्फूर्त रुपले आइतबार २९८औ पृथ्वी जयन्ती मनाए ।

यसपटकको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा गणतन्त्र पछिकै सबैभन्दा बढी नागरिकको उपस्थिति रह्यो । देशका सबै जिल्ला तथा स्थानीय तहमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको कार्यक्रममा नागरिक सहभागीता उल्लेखनीय देखियो ।

खासगरी विगतका वर्षमा पृथ्वी जयन्ती तथा एकता दिवश छुट्टाछुट्टै तरिकाले मनाउने गरिएकोमा यसपटक भने राष्ट्रप्रेमि देशभक्त नागरिक सामुहिक तवरले हातेमालो गरि अघि बढेको पाइयो ।  नेपाल एकीकरण देखि राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले पुर्यएको योगदानको उच्च कदर गर्दै देशभरका नागरिकले आफ्ना राष्ट्र पितालाई सम्झना समेत गरे ।

यसपटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई विगतका वर्षको तुलनामा फरक तर भव्य र सभ्य बनाउन, राष्ट्रिय प्रजातन्त्र पार्टी ,राप्रपा (सयुक्त), विश्व हिन्दु महासङ्घ ,विभिन्न हिन्दुवादी संघ/संगठन, राष्ट्रिय सरोकार मंच नेपाल, राष्ट्रवादी एकता समाज,मातृभुमी संरक्षण अभियान नेपाल ,ठकुरी सहयोग संजाल, वीर गोर्खाली लगाएतका सबै राजसस्था निकट मानिएका शक्ति एक भए । दिवशका अबसरमा राष्ट्रप्रतिको नागरिक प्रेम झल्काउन राष्ट्रिय झणडा सहित नागरिक सडकमा देखिए ।

सो अबसरमा देशभरका विभिन्न स्थानमा सरसफाइ ,अन्तरक्रिया,छलफल ,रक्तदान ,खेलकुद तथा धार्मिक सभा गरिएको छ । पृथ्वी जयन्ति मनाउन निस्केका प्राय सबैले देशमा राजसस्थाको पुनर्स्थापनाको माग गरे,भने नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट हटाइनुपर्ने, संघीयता खारेज गरिनुपर्ने,राष्ट्रिय अखण्डता कायम गर्न माग गरे ।
भिडियो हेर्नुहोस ।

प्रतिक्रया दिनुहोस्