सुर्खेतमा यसरी मनाइयो २९८औ पृथ्वी जयन्ती (तस्बिरमा हेर्नुहोस)

सुर्खेत । २९८ औँ पृथ्वीजयन्तीका अवसरमा राप्रपा सुर्खेतले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको  छ ।सरकार ले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मा सार्बजनिक बिदा नगरेको बिरोध गर्दै राप्रपा सुर्खेत ले भव्य रुपमा मनाएको हो।

कार्यक्रम मंगलघडी चोकबाट र्‍याली निकालिएको थियो । र्याली पश्चात् वीरेन्द्रचोक पुगि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापण गरिएको थियो ।

कार्यक्रममा बोल्दै राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्काले पृथ्वी नारायण शाहको एकिकरणकै कारण आज नेपाल राज्य रहेको स्मरण गरे´ ।

कार्यक्रममा प्रदेश सभा सदस्य सोशिला शाही ,राप्रपाका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी,भद्र बहादुर शाही , प्रेम शाही ,पुर्व जिविस उपसभापति बसन्त थापा लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको पार्टी का प्रचार बिभाग सदस्य प्रेम बिसिले जनकारी दिए ।

प्रतिक्रया दिनुहोस्