24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

काठमाडौ,तहनु र वीरगन्जमा यसरी मनाइयो २९८औ पृथ्वी जयन्ती (तस्वीरसहित )

    | प्रकाशित मितिः आइतवार, पुस २७, २०७६  

काठमाण्डौ ।२९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भर भव्य रुपमा मनाइएको छ । नेपाल सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई बेवास्ता गरे पनि देशभरका विभिन्न राष्ट्रवादी संघ संगठनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाएका हुन् ।

राजधानी काठमाण्डौ लगायत देशका विभिन्न ठाउँका कतिपय राष्ट्रवादी संघसंगठनहरूले संयुक्त रुपमा यो दिवस मनाए भने कतिपयले आ–आफ्नै संगठनको ब्यानरमा मनाएका खबरहरू जानकारीमा आएका छन् ।

यसै क्रममा राष्ट्रिय शक्ति नेपालको पहलमा नेपाली काँग्रेस (बि.पि.), विश्व हिन्दू महासंघ, राष्ट्रिय सरोकार मंच नेपाल, बहादुर शाह प्रतिष्ठान तथा नेपाल कम्युनिष्ट समानान्तर लगायतका विभिन्न संघसंगठनले राजधानी काठमाण्डौमा संयुक्त रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

शान्तिबाटिकामा भेला भई संयुक्त रुपमा निस्केको र्‍याली सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा पुगेर राष्ट्रनिर्माताप्रति पुष्प गुच्छा, माल्यार्पण तथा श्रद्धासुमन गर्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं देशभक्त स्वतन्त्र नागरिकहरू तछाड मछाड गरिरहेका थिए ।

उता पर्साका वीरगंजमा पनि विभिन्न राष्ट्रवादी संघसंगठनले एकसाथ पृथ्वी जयन्ती मनाएका छन् ।राष्ट्रवादी शान्ति समुह , राष्ट्रिय नागरिक संघर्ष समिति , राष्ट्रिय सरोकार मंच नेपाल , राष्ट्रिय शक्ति नेपाल लगायत ले संयुक्त रुपमा यो दिवस भव्य रुपले मनाएका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिरगंजमा निकालिएको र्याली नगर परिक्रमा तथा नगर सभा गरेर सम्पन्नता भयो । विभिन्न संघ संस्था सहित राष्ट्रिय सरोकार मञ्च नेपालको सो कार्यक्रममा सहभागी तथा उपस्थिति थियो भने कार्यक्रम राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा कर्मनिष्ठ अभियन्ता सोम बिक्रम सिंहको प्रमुख अातिथ्यमा सम्पन्नता भएको थियो ।

जिल्ला प्रहरी कार्यालयस्थित लाल बंगला अगाडीबाट निस्केको बाजागाजा र राष्ट्रिय झण्डासहित सहभागी भएकाहरूले संयुक्त रुपमा र्‍याली निकाल्दै नगर परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ठ अभियन्ता सोम विक्रम सिंह, राष्ट्रवादी नागरिक संघर्ष समितिका अध्यक्ष अब्दुल सतार अंसारी , शम्भु प्रसाद चौरसिया तथा महिला वक्ता लगायतका वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले देश निर्माणमा पुर्‍याउनु भएको योगदानहरूबारे चर्चा गरेका थिए । त्यसैगरी पोखरा, कैलाली , दमौली, बारा , सिरहा , रौतहट लगायतका देशैभर पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

२९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय सरोकार मन्च नेपाल तनहुँको आयोजना दमौली बजार परिक्रमा गरेको थियो । कार्यक्रमको संयोजक उज्वल भट्टराई रहेका थिए । युवाहरुको उल्लेख सहभागीता उक्त कार्यक्रम भएको थियो ।तनहुँको दमौलीमा राष्ट्रिय सरोकार मञ्च नेपालको तनहुँ जिल्लाका संयोजक उज्वल भट्टराईको संयोजकत्वमा पंचे बाजा सहित नगर परिक्रमा गरेको थियो ।

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     6:39:22 PM  |

प्रतिक्रया दिनुहोस्