गाडीभित्रै हस्तमैथुन गरि महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्ति पक्राउ

काठमाडौ । प्रहरीले स्वयम्भु रुटमा चल्ने गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्तिलाई पक्राउ गरेको छ। यो घटनाबारे करिब एक वर्षदेखि अनुसन्धानरत प्रहरीले ती  व्यक्तिलाई सोमबार बेलुका चितवनबाट पक्राउ गरेको हो । ती व्यक्तिलाई पक्राउ पश्चात प्रहरीले काठमाडाैं ल्याएको छ।

पक्राउ परेको व्यक्ति र अनुसन्धानबारे प्रहरीले आज (मंगलबार) बिहान ११ बजे पत्रकार सम्मेलन गर्दैछ । २०७५ साल कार्तिकमा सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको एक भिडियोले प्रहरीलाई हैरान बनाएको थियो।  उक्त भिडियोमा एक व्यक्तिले हस्तमैथुन गरेर बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्य झारेको दृश्य थियो।

लगत्तै प्रहरीले विज्ञप्ती नै निकालेर सो पुरुषको खोजी थालिसकेको जानकारी दिँदै घटनासम्बन्धी जानकारी भए प्रहरीलाई सहयोग गरिदिन आमनागरिकमा अपिल गरेको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्ति पक्राउ गरिएको र उनलाई आज सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रया दिनुहोस्