अब नेपालमै प्रतिमिनेट १० पैसामा कुराकानी गर्न पाइने

काठमाडौ । सूचना प्रविधिको विकास सङ्गै अब प्रतिमिनेट १० पैसामा नै आफन्तसित कुराकानी गर्न पाइने भएको छ । नेपालमा प्रयोग भइरहेका मोवाइलको शुल्कमा निकै घटने भएपछि झन सहज हुने देखिएको छ ।

आगमी चैत महिनादेखि प्रतिकल ५४ पैसा लिदै आएका सेवा प्रदायिक कम्पनीहरुले नेपाल सरकारको निर्देशिका जारी भएपछि प्रतिकल १० पैसा मात्र लिनेछन् ।

आजभोली एउटा कम्पनीको मोवाइलबाट अर्काे कम्पनीको मोवाइलमा कल गर्दा महँगो पर्ने गरेको छ । तर नेपाल दुरसञ्चार प्राधिकरणले ल्याएको अन्तरआबद्धता निर्देशिका २०७६ लागु भएपछि प्रति कल १० पैसा मात्र लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको निर्देशिका आगमी चैत २० गतेदेखि लागु हुँदैछ । निर्देशिका जारी भएपछि मोवाइलको कल मुल्य निकै घटने दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

इन्टरनेटको प्रयोगले ल्याण्डलाइन र मोवाइल प्रयोगमा कमी आउन थालेपछि प्राधिकरणले अन्तरआबद्धता निर्देशिका जारी गर्न लागेको हो । इन्टरनेटबाट मानिसहरुले फ्रि कल गर्न थालेपछि मोवाइल र ल्याण्डकलमा कमी आएको छ ।

निर्देशिका जारी भएपछि ल्याण्डफोनबाट मोवाइलमा र एउटा कम्पनीको मोवाइलबाट अर्काे कम्पनीको मोवाइलमा कल गर्दा पनि कल शुल्क निकै कम लाग्ने भएको छ । अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ । तर चैत २० सम्म भने प्रतिमिनेट ५४ पैसा नै रहने छ।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा शुल्क लागिरहेको छ । निर्देशिका जारी भएपछि यसको मुल्यमा पनि भारी कमी आउने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गरेको थियो ।

विदेशबाट कल गर्दा पनि अन्तरआबद्धता शुल्क तोकिएको छ । निर्देशिका जारी भएपछि विदेशी कलमा पनि मुल्य कम हुनेछ । निर्देशिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ। आगामी आठ वर्षपछि घटाउँदै लगिने र प्रति मिनेट एक रुपैयाँ ८० पैसा मात्र हुनेछ। नेपाल सरकारको यसअघि कुनै नियम नबनाउँदा सेवाप्रदायिक कम्पनीहरुले आफुखुसी रकम लिने गरेका थिए ।

यस काठमाडौको सहयोगमा 

प्रतिक्रया दिनुहोस्