6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

एमसीसी परियोजना:नेपाललाई गुलाम बनाउने अमेरिकी दाउ !

    | प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६  

सोम विक्रम सिंह
देशमा राजसंस्था फेरि फर्किन्छ र फर्केपछि राजालाई छिड्कि हान्नको लागि नै भारतले नेपालीको भुमि कालापानी,लिम्पुवाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर ,चीनको बिआरआई र भारतलाई काउन्टर दिनलाई संयुक्त राज्य अमेरिकाको मिलेनियम (एमसीसी) प्रोजेक्टलाई नेपाली रूपमा ढालेर ईण्डो प्यासिफिक सहितको एमएमसीसी सम्झौतालाई संसदको दुवै सदनबाट बहुमतले पारित गर्ने प्रपंच त होईन ? यहि बेला मुस्ताङको भेगमा भएको युरानियमको चर्चा हुनू ,संसदमा नेपालको मुल्यवान खानी बारे विधेयक लानु ( जसले सहजै नेपालको खानी कसैलाई सुम्पिन सकिन्छ ) ।रसियन राष्ट्रपति नेपालमा भ्रमण आउने चर्चा हुनू ,चीनका राष्ट्रपतिले आफ्नो एक चीन नीति र आफ्नो राष्ट्रलाई सामारिक सुरक्षामा खतरा हुने अवस्था र धेरै पत्तरपत्तर गरे हड्डि पिठो गर्दिन्छु भन्नु,अमेरिकन सेना विभिन्न जिल्लामा आएर बस्छ भन्ने चर्चा परिचर्चा हुँदैगर्दा राजतन्त्रलाई तथानाम गाली गर्ने र बिभिन्न आरोप लगाउने र बुरूक्क बुरूक्क उफ्रिने पातकि जनतालाई केहि चेतना खुल्यो कि ? १७०० हजार मार्ने ,देश तहस नहस पार्ने ,टाउको गिड्ने , हवाईजहाज अपहरण गर्ने र नक्कली नोट चलाउनेहरूले राजालाई निरकुंस कसरी भन्न सके होलान् ।अझै राष्ट्रधात तथा देशद्रोही बारे जनतालाई सजक गराउने आफ्नै नेतालाई लेडी डायनाको नियति भोग्न नपरोस् भनी धम्कि दिनेलाई हाम्रा जनताले किन निरकुंस देख्दैनन् ?
००००
हाम्रा जनता अब देश अफगानिस्तान, ईरान, इराक , लिविया ,सिरिया,सोमालिया ,आईभोरि कोस्ट,सुडान ,सोमालिया भएको हेर्न चाहन्छन् क्यार ? ट्रम्पले अब हामीलाई अरवको तेल चाहिन्न हामी नै बिश्वको एक नम्बरको तेल र न्याचुरल ग्यास उत्पादन गर्न शक्ति हुन्छौं भनेको तात्पर्य कसैले बुझे कि बुझेनन् ? माथि लिएका सबै देश तेल ,ग्यास र खानीका धनी देश हुन् । सबै देशमा अमेरिकाले अस्थिरता पैदा गर्यो ,प्रजातान्त्रको नाममा लडाई गरायो ,आफ्नो कठपुतली सरकार गठन गर्यो , आफ्नो हातहतियार बेच्यो अनि तेल ,ग्यास तथा खानी चोर्यो । ज्ञात रहोस् प्राय सबै देशले संयुक्त राज्य अमेरिकालाई हाम्रो चेल वा खानी चोर्यो भन्ने आरोप लगाएका छन् । इराक ,सिरियाले तेल च‍ोर्यो भन्नू र अफगानिस्तानले हाम्रो महत्त्वपूर्ण खानीको कच्चापदार्थ हेलिकप्टरमा ओसार्यो भन्नू र मोगादिसुले व्लाक डायमण्ड चोर्यो भन्नू केही उदाहरण मात्रै हो ।
००००
अब अमेरिकाले हामी नै नम्बर वान हो चेल तथा ग्यास उत्पादनमा भन्नुको खास महत्त्वपूर्ण कुरा के छ भने संयुक्त राज्य अमेरिकाले हाल सम्म आफ्नो खानी तथा तेल र ग्यासको उत्खनन् र उत्पादन गरेको छैन । उसले सम्पुर्ण ठाउँ भर्जिन नै राखेको छ । केहि साल पहिला म टेक्सासमा एउटा भाईको ग्यास (हामी यता पेट्रोल पम्प भन्छौं ) स्टोरमा बसेको बेला थाहा पाएँ उनको स्टोर तथा वरिपरि जमिन मुनि ग्यासको रिजर्भ (भण्डार ) भेटिएको थियो । सरकारले त्यस्ता जगहको मार्क गर्दैछ र एकदिन आफ्नै उत्पादनमा जाने छ र हाललाई सम्पूर्ण भुमिलाई भर्जिन राख्ने प्लान थियो । यदि उत्खनन् तथा उत्पादनमा त्यहाको सरकार गएमा बस्ति सार्ने र निजी जग्गावालाले उपयुक्त महिनावारी शुल्क पाउने निर्णय गरेकोले जनता पनि उत्साहित देखिएको थियो । जब चतुर संयुक्त राज्य अमेरिकाले अरव र अफ्रिकाको तेल , ग्यास र बिभिन्न महत्वपुर्ण खानी पद्वार्थ फोकटमा प्रयोग गर्न पाई रहेको छ भने किन उसले आफ्नो देशको तेल , ग्यास र खानीको भण्डार चलाईरह‍ोस् । ईरानका टप जनरल सहित केही ईराकी मुज्जाहिद्विनलाई ईराकमा ड्रोनद्वारा निर्मम् हत्या गरेपछि अब उसलाई त्यहाबाट निस्कने दाउ पहिलाई रहेको आभाष भएको थियो । त्यहि कारण नै उसले आफ्नो देशलाई अरबको तेल र ग्यास नचाहिने घोषणा गरे र आफु तेल ग्यासमा नम्बर वान हुने भाषणबाजी गरे । हेक्का रहोस् अमेरिकाले आफ्नो अधिकार जमाएर बसेको अलास्कामा मात्रै बिश्वको एक तिहाई तेल र ग्यासको भण्डार छ । फेरि च्याखे थापि हाल्न भ्याए आफ्नो सेनालाई ईराकले निकाले क्षतिपूर्ति भर्पाई गर्न पर्नेछ । झण्डै दुई सय बिलियन डलर आफ्नो बिश्वको विभिन्न क्षेत्रमा राखे बापत उसको खर्च छ । केही समय अगाडि उनले जापानलाई पनि आफ्नो सेना फिर्ता लान परे क्षतिपूर्ति देउ भनी मागे भने अरबले त अमेरिकन सेना आफ्नो भुमिमा रक्षार्थ रहे बापत बिलियन डलरको बिल चुक्ता गरिसके । बिचरा कुवेत त आफ्नो सुरक्षामा बसेको ट्रम्पको सेनालाई भतुवा खुवाउँदा खुवाउँदै हत्तु भईसक्यो होला ।
००००
संयुक्त राज्य अमेरिका निस्कन खोज्नुको मुख्य कारण पनि चीन र रूसको अरबियन राजनितीमा बर्चस्व बढ्दै गएर आफु कमजोर पर्दै गएको कारणले पनि हो । सिरियामा संयुक्त राज्य अमेरिकाको कुटनितीको चीन र रसियाको अगाडि लज्जास्पद हार भएर पनि होला । आफ्नै ठानेको टर्कि पनि रसियाको पार्टनर भएर हिंडसकेको छ ,भने भर्खरै रसियाले व्लाक सिबाट ग्यासको पाईप लाईन डाईरेक्ट टर्कि हुँदै युरोपसँग जोडिसक्यो र रसिया तथा टर्किका राष्ट्रपतिले संयुक्त रूपले उद्घाटन गर्यो । अब संयुक्त राज्य अमेरिकाको मित्र युक्रेन भएर ग्यास पाईपलाईनको औचित्य सिद्विएको अवस्था छ । जसले गर्दा युक्रेनले ग्यास व्यापारको लागि आफ्नो अधिकार सम्पन्न भुभाग प्रयोग वापत बार्षिक शुल्क पाउनबाट बन्चित हुने भएको छ । लिवीयाको गृहयुद्धमा रसिया , टर्की र ईटालीको संयुक्त प्रयासमा युद्व बिरामको घोषणा भएको छ भने लिवीयाको वारलर्ड हफ्तर ठुस्केर रसियामा गएका छन् ।
०००००

विश्व परिवेश नियाल्दा जुन देशमा अमेरिकी सेनाको पाइला पस्छ ती देशहरु सधै उसको गुलामी बनेका छ्न । अहिले  विस्वका ७० भन्दा बढी देशमा अहिले अमेरिकी सेनाको बेस क्याम्प छन ,ती सबै देश बर्बादमा परेका छ्न । जसमा  विस्वका दस शक्तिशाली राष्ट्र ,जो अमेरिका संग पटकपटक जोरि खोजिरहन्छ्न ती देश पनि उसको गुलामी गर्न बाध्य छ्न । अर्कोकुरा जुन देशमा अमेरिकि सेनाको बेस क्याम्प बस्छ, त्यसको खर्च समेत उसले सोही देशलाई तिराउन लगाउछ । एमसीसीको व्यापक प्रकरण चलिरहँदा रसियाको राष्ट्रपतिको भ्रमणले केही कुटनैतिक चासो त पलाईरहेको छ । देशको सम्पुर्ण नदिनाला बेच्ने र महाकाली सन्धिबाट अरबौं आउँछ भन्ने काई नेताहरू नै जनताबाट जित्तीएर आएको देखिन्छ भने दोषी को जनता कि नेता ? एमसीसी बहुमतले पास गर भन्ने नेपाली कांग्रेस र महाकाली सन्धिले हामी पैसाले नुहाउँछौ भन्ने तर फेरि प्रधानमन्त्री हुन नाकाबन्दीको बिरोध गर्दै राष्ट्रवादी वन्ने केपी  तथा मार्कालाई जनताले कसरी हेर्लान् ? राष्ट्रघाती र देशद्र‍ोहीलाई नेपाली टुलुटुलु हेरेर किन सहेर बस्छन् ?
००००
महाकालीको बिरोध गर्दा सुदूरपश्चिमका कम्युनिस्ट नेतालाई नुवाकोटबाट जीप दुर्घटनामा मारे ।अर्का कम्युनिस्ट नेताद्वय मदन भण्डारी र जिवराम आश्रीतलाई दासढुङ्गामा सेलाए भने एमसिसिको बिरोध गरिरहँदा श्रद्वेय नेता भीम रावलले फेरि लेडि डायनाको नियति भोग्न नपरोस् भनी डरलाग्दो चेतावनी आउछ । फेरि अर्को गाडी प्रयोग हुने भयो त भीम रावल बिरूद्व ? भर्खरै धनुषामा गिटी बालुवा अनियमित तरिकाले उत्खनन् तथा नवेच भनी बिरोध गर्ने प्रकृति प्रेमी दिलीप महतोको टिपरले किचेर मारे झैं । सत्सत् नमन गिटीबालुवा माफिया बिरूद्व लाग्ने तथा प्रकृति तथा भुमि रक्षक दिलीप महतो ,यहाको आत्माले शान्ति पावस् तथा भावपुर्ण श्रद्धाञ्जली ।
००००
नमन छ दाजु भीम रावल ,देशप्रति उत्तरदायी भई देशभक्त तथा राष्ट्रवादी आचारण देखाउनु भएको अवस्थामा सदैव हाम्रो साथ रहनेछ र यसको लागि जनता जाग्न जरुरी छ । यसको लागि सम्पुर्ण जनता जागरण हुन जरुरी छ । सोच किन लाग्यौ राजसंस्था र धर्म फाल्न ? अब किन लाग्दैनौ राष्ट्र र राष्ट्रियता बचाउन ? किन एकजुट हुँदैनौ दलाल , कठपुतली ,बिदेशीका दास र बिदेशीका गुलाम सरकार ढाल्न ? किन एक ठाउँमा आउँदैनौ बिदेशीले लादेको व्यबस्था धुजाधुजा पारि फाल्न ? देशको भविष्य कोर्ने यदि जनता नै हुन् भने नकारात्मक दुर्गामी असरको भागिदार पनि जनता नै हुन पर्नेछ कुनै नेता होईन । गाई ( सभ्यता र संस्कृति ) को रक्षाको लागि गोठालो खोज्दा गाईको सुकुटीसँग बिदेशी रक्सिमा रम्ने कसैं भेट्यौं त्यस्तै माई ( राष्ट्र ) को रक्षक खोज्दा महा हराम भक्षक पायौं । यस्तै बिभित नेतृत्वको कारणले गर्दा पनि जनता अलमलमा परेका छन् ,जुन अर्को समस्या पनि हो । अन्याय गर्ने भन्दा अन्याय सहने नै मुख्य दोषी हुन् ।

प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६     9:58:51 PM  |

प्रतिक्रया दिनुहोस्