24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

सलनालमा ‘कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया’को दोस्रो अधिवेशन

    | प्रकाशित मितिः आइतवार, माघ ५, २०७६  

दक्षिण कोरिया। कर्णाली प्रदेशबाट रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका युवाहरूको साझा संस्था ‘कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया’को दोस्रो अधिवेशन हुने भएको छ।

रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका कर्णाली प्रदेशका युवाहरूका बीच आपसी सदभाव, सहयोग तथा समस्या समाधानका लागि सन् २०१८ मा स्थापना भएको कर्णाली प्रदेश सम्पर्क मञ्चको दोस्रो अधिवेशन हुन लागेको हो ।
दक्षिण कोरियाको राष्ट्रिय पर्व सलनालको अवसर पारेर आउँदो २६ तारिखका दिन खप्तड रेष्टुरेन्टको सभाहल सुवनमा कर्णाली प्रदेशका युवाहरूको भेलाबाट मञ्चको अधिवेशन हुने संस्थापक सचिव ललित पौडेलले जानकारी दिएका छन्।

कोरियामा रहेका कर्णालीबासीहरूको समस्यामा सहयोग र सहजीकरण गर्ने उद्देश्यले गठित कर्णाली प्रदेश सम्पर्क मञ्चको दोस्रो अधिबेशनमा कर्णाली प्रदेशका सबै जिल्लाका साथीभाईहरूको बरोबर उपस्थितीको लागी निमन्त्रणा गर्दै संस्थालाई साथ र मायाको आशा राखेको समाजसेवी लक्ष्मीनारायण बस्नेतले बताएका छन्।

प्रकाशित मितिः आइतवार, माघ ५, २०७६     6:18:06 PM  |

प्रतिक्रया दिनुहोस्