24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

पश्चिमाका पाल्तुलाई राजसंस्था :”बन्दर क्या जाने अदरक का स्वाद”

    | प्रकाशित मितिः शनिबार, माघ ११, २०७६  

राकेश कुमार शर्मा
देश र जनताको निम्ति इतिहास बोकेको राजा र प्रजाविचको व्यवस्था राजतन्त्रामक शासन व्यवस्थालाई दलहरुको जिम्मा लगाउने पुर्वराजा ज्ञानेन्द्र शाह साच्चिकै एक महान व्यक्ति हुन । तत्कालीन समयमा उनले चाहेको भए मुलुकमा थुप्रै नागरिकको ज्यान जान सक्थ्यो । तर पुर्व राजा शाह जनताप्रति जिम्मेवार बने । फलस्वरूप जनताको नासो जनतालाई नै भनि मुलुकको राज्य व्यवस्था जनतालाई सुम्पिदिए । जुनदिन पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको शासन व्यवस्था दलहरुको जिम्मा लगाए त्यो दिननै नेपाल र नेपालीको लागि सायद दुर्भाग्य थियो ।
००००००
आज राजसस्थाको विरासतपछि लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपाली जनाताको मुहारमा सायदै हासो भेटिन छाड्यो, । किनकी नेपाली जनाताले चाहेको भन्दा फरक तरिकाले मुलुकको गति अघि बढिरह्यो । गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारको जालो,चेलीबेटी तस्करी र बलात्कार बढ्यो, सीमाहरु कैयौ स्थानमा मेटिए । मुलुक डुबाउने गरि सन्धि र सम्झौताले भावि पुस्ताको भविस्यमा खतरा उब्जायो ।हिजो दलहरुको लहलहैमा लागेर जनातालाई उकासी यिनै दलहरूले शासन व्यवस्था परिवर्तन गरे,मुलुकमा लामो इतिहास बोकेको राजतन्त्र पाखा लगाए । मुलतः राजाकै नुन पानी खायर मोटाएकाहरुले नै पुर्व राजा शाहलाई गलत सन्देश प्रवाह गरे । जुन आज प्रमाणित हुदैछ ।
०००००००

उसो त तत्कालीन समयमा श्री ५ ज्ञानेन्द्र शाह कुटनैतिकमा शुन्य देखिएकै हुन ।सो समयमा उनीमा को आफ्नो ? को पराया चिन्न र पहिचान गर्न सकेन्न । यी दुई कुरामा ध्यान दिन जरुरी रहेको छ। पुर्वराजा ज्ञानेन्द्र शाहलाई  हालसम्म सुझाव र सल्लाह दिनेहरु नै घमण्डी, स्वार्थी र अवसरवादी सत्ता, पद र लोभमा बिकाउ आँट, हिम्मत र साहस कसैमा छैन । आफुलाई मात्र सर्वश्रेष्ठ ठान्ने र एक्काइसौं शताब्दीमा पनि राजा साहब भनेर मान सम्मान दिनुपर्ने अझै पनि सद्बुद्धी र ज्ञान कसैमा आएको छैन। यहाँ एक आपसमा नै द्वन्दको अबस्था छ।
००००००
यतिबेला राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमा छ। मुलुकप्रति जिम्मेवार बन्न नेपाली  सेना र पुर्वराजा ज्ञानेन्द्र शाह कसैमा पनि आँट, हिम्मत र साहस देखिदैन । यहाँ नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी,अवसरवादी र मासु, भात, दारुमा बिकाउ मात्रै छ्न । यस कारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो।स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए।मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे।रिस,डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन।तर मदन भण्डारीको सहि सिद्धान्त,सहि विचार र देश भक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन।
०००००००
स्वर्गीय वीरेन्द्र शाहको वंश विनाश पनि मुलुकप्रति भक्ति भाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो। तर यसको सबै दोष उनका छोरा दीपेन्द्र शाहमाथि थोपरियो । स्वर्गीय राजा वीरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केहि नेताहरूको सहभागिता छ।शाहको वंश विनाश पश्चात बाध्यता पुर्वक उनका भाई ज्ञानेन्द्र शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो। तर,उनी समयानुकूल चल्नुपर्ने थियो।
०००००
यद्यपि तत्कालीन राजा ज्ञानेन्द्र शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु पर्यो । डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहको ठुलो भुल र गल्ती थियो? सो समयमा प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीका पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो।
००००००
नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख र कष्ट गरी भिडियो  फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु फेला पारे।यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।मुलुक जोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ।नेपाली नागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्वलाई बुझेनन।नेपाली सेनाहरुलाई मान सम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्म देखाएनन?नेपाली नागरिकहरु स्वार्थी र गुण बिर्सने हुन।गुण भन्ने कुरा एक फेर लगाईन्छ। बारम्बार लगाउन सकिन्न। एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार,सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन।
०००००००
राम्रो कामगर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन।जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय श्री ५ वीरेन्द्र शाहको वंश, पुर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रवादी हुन । यतिबेला नेपालमा कानुनी शासन छैन। यहाँ राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन। तीन करोड नेपाली नागरिकहरु मध्ये तत्कालीन समयका प्रधानसेनापति रुक्मांगद कटवाल जस्ता सेनाहरु, पुर्वराजा ज्ञानेन्द्र शाह बाहेक अरुमा देशभक्ति देखिदैन ।
तीन करोड नेपाली नागरिकहरु मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होला । तर, बांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ।
०००००००
हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन।मुलुकको यस्तै अवस्था रहि रहयो भने अफगानिस्तान,सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन? नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र?मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेको छ। हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो।हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन।नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ। यहाँ यो कुरा ठिक छ भनेर कतैबाट चित्त बुझाउनु पर्ने ठाउँ छैन?दिनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ।नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन।
००००००००
पुर्वराजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन।राजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्छ्न । तर गणतन्त्रवादी नेता भने उनको हरेक पटक खेदोमात्रै खन्छ्न । पुर्वराजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो, भने राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा गरेर राख्छन।पहिले राजसंस्था र राजसंस्था पछि राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ।राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुनेछ ।
०००००००००
हिन्दीमा कहावत छ “बँदर क्या जाने अदरक का स्वाद” त्यस्तै हामी नेपाली नागरिकहरु छौं।यसकारण पनि ज्ञानेन्द्र शाह बुद्धको अवतार हुन। अब फेरि पुर्वराजा ज्ञानेन्द्र शाहको आगमन हुने हो भने राजा शाहका कुरा काटनेहरु सबै जना राजाको पछि पछि लाग्ने छन ।,र राजालाई ठिक भनी राजाको तारिफ गर्नसम्म पछि पर्दैनन। यो विगतमा पनि देखिएको च्याप्लुसीकर्ताको हर्कत हो । अब मुलुकलाई संकटको घेराबन्दी बाट माथी लैजान एकपटक सबैले सोच्नेबेला आएको छ । देश र जनतालाई राजसस्थासहितको प्रजातन्त्र चाहिएको छ ।

प्रकाशित मितिः शनिबार, माघ ११, २०७६     11:38:57 AM  |

प्रतिक्रया दिनुहोस्