24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

मुलुकमा सैनिक शासनको मागगर्दै प्रधानसेनापतिलाई ज्ञापनपत्र !

    | प्रकाशित मितिः शनिबार, माघ ११, २०७६  

काठमाडौ । नेपाल र नेपालीको अस्तित्व बचाउन अब सैनिक शासन आबस्यक रहेको भन्दै प्रधानसेनापतिलाई ज्ञापनपत्र बुझाइएको छ । देशमा उत्पन्न गतिविधिका कारण राष्ट्रको सार्वभौमसता माथि निरन्तर असर परिरहेको भन्दै यसको रक्षाका निम्ति अब नेपाली सेनाले आफ्नो कदम अगाडि बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

पश्चिमाहरुको चारोमा हुर्किएका दल र तिनीहरुका नेताले गर्ने सन्धि सम्झौताले मुलुकलाई खोक्रो ,परनिर्भर ,र राष्ट्रिय स्वाधीनता र अस्मिता माथि खेलवाड गरेको भन्दै अब मुलुकको रक्षाका निम्ति सैनिक शासन आबस्यक रहेको भन्दै मातृभुमी संरक्षण नेपालले भद्रकाली स्थित जंगी अड्डामार्फत  प्रधानसेनापति लाई ज्ञापनपत्र बुझाएको हो ।

राष्ट्रको अति संबेदनसिल अबस्था र नेपाली जनताको सार्बभौमसत्ता माथी सत्ता र शक्तिको दम्भले देशलाई विदेशीको गुलाम बनाउन एमसीसी जस्ता राष्ट्रघाती कदम भैरहेकोले अब यि नेता र दलबाट नेपाल र नेपाली जनताको भविष्य समाप्त हुने खतरा उत्पन्न हुन लागेको भन्दै पुर्खाको वीरताले आर्जेको माटोक रक्षा गर्ने जिम्मेवारी अब नेपाली सेनाको काधमा आएको भन्दै ज्ञापनपत्र बुझाइएको मातृभुमी संरक्षण नेपालका सयोजक राजन महर्जनले जानकारी दिए ।

यसैबीच मातृभुमी संरक्षण नेपालको आयोजनामा शनिबार राजधानीमा राष्ट्रिय झण्डा जुलुससहित एमसीसी परियोजना खारेजीको मागगर्दै विरोध र्याली निकालिएको थियो ।

प्रकाशित मितिः शनिबार, माघ ११, २०७६     10:15:14 PM  |

प्रतिक्रया दिनुहोस्