कैलालीमा कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जना जुवाडे पक्राउ

कैलाली । प्रहरीले जुवा खालबाट वडाध्यक्ष सहित १६ जुवाडेलाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई गएराती पक्राउ गरेको हो।

उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ। पक्राउ परेका सबै जुवाडेलाई केहीबेरमा पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रया दिनुहोस्