24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

धनगढीमा जुवा खालबाट पक्राउ परेका वडा अध्यक्षसहित १६ जना सार्बजनिक

    | प्रकाशित मितिः सोमवार, माघ १३, २०७६  

कैलाली । कैलालीमा जुवा खालबाट पक्राउ परेका १६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेकाृ अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गएराती पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष समेत रहेका २८ बर्षीय रबिन्द्र शाही, कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का छ्न ।

यसैगरी बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट २२ लाख ८२ हजार नगद बरामद गरेको छ ।

प्रकाशित मितिः सोमवार, माघ १३, २०७६     11:40:07 AM  |

प्रतिक्रया दिनुहोस्