टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर ४ मुलपानी चोक नजिक मंगलबार बिहान भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर दिदा भे ६ प २१७८ नम्बरको मोटरसाइकल चालक  कालिकोट महावै गाउँपालिका-३ घर भैइ हाल वीरेन्द्रनगरमा रहेका २० वर्षीया केशर सिंहकाे मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडक छेउमा मोटर्साइकल साइड लाउन खोज्दा तीब्र गतिमा आएको टिप्परले पछाडीबाट ठक्कर दिदा उनको घटनास्थल मै ज्यान गएको बताइएको छ ।  टिप्पर र टिप्पर चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ । स्थानीयले अहिले सडक अबरुद्ध पारेका छ्न ।

प्रतिक्रया दिनुहोस्