एमसीसी विरुद्ध अमेरिकी दूतावास घेराउ

काठमाडौं। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ ।

शाही युवा शक्ति नेपालको आयोजनामा एमसीसी परियोजना राष्ट्रको हित विपरीत भएको भन्दै मंगलबार अमेरिकी दूतावास घेराउ गरिएको हो ।

दरबार निकट मानिने शाही युवा शक्तिले नेपालले एमसीसी परियोजना संसदबाट पारित भए अमेरिकी सेना नेपाल छिर्ने र नेपाल विदेशी सेनाको रणभूमि बन्ने भन्दै यसको विरुद्ध दूतावास घेराउ गरिएको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए । अध्यक्ष खड्काले यो राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनी हालतमा स्वीकार्य नहुने बताए ।

प्रतिक्रया दिनुहोस्