24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी !

    | प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६  

सुर्खेत । ट्रिपरको ठक्करबाट एक स्थानीयको मृत्यु भएपछि  तनाबग्रस्त बनेको स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा संबेदनसिललाई लियर बसेको सुरक्षा निकायको बैठकले वीरेन्द्रनगरमा साझ साढे ६ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

घटनालाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि मंगलबार दिनभर स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली समेत चलाएको छ ।

वीरेन्द्रनगर ४ मा मंगलबार बिहान
भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर दिदा भे ६ प २१७८ नम्बरको मोटरसाइकल चालक  कालिकोट महावै गाउँपालिका-३ घर भैइ हाल वीरेन्द्रनगरमा रहेका २० वर्षीया केशर सिंहकाे मृत्यु भएको थियो ।

प्रहरीका अनुसार तीब्र गतिमा आएको टिप्परले पछाडीबाट ठक्कर दिदा उनको घटनास्थल मै ज्यान गएको हो ।

प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६     5:53:07 PM  |

प्रतिक्रया दिनुहोस्