विश्व हिन्दु महासभा भारत उत्तरप्रदेश प्रमुख रन्जीत बच्चनको गोली हानी हत्या

काठमाडौं । विश्व हिन्दु महासभा भारत उत्तरप्रदेश प्रमुख रन्जीत बच्चनको गोली हानी हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बच्चनलाई आइतवार विहान मर्निङ वाकमा गोली हानी हत्या गरिएको हो ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरिएको हो । उनको हत्या राजनीतिक थियो या पारिवारिक त्यो भने अझै खुल्न सकेको छैन । तर भारतीय मिडियाहरुले पारिवारिक कलहका कारण उनको हत्या भएको आशंका गरिरहेका छन् । बच्चनको हत्या भएको पुष्टी गरेपनि के कति कारणले कसले गर्यो ? त्यो भने भारतीय प्रहरीले खुलाएको छैन ।

४० बर्षीय बच्चन समाजवादी पार्टीका सदस्य थिए भने भारत विश्व हिन्दू महासंघका नेता थिए । रन्जीत आफ्ना भाईसँग मर्निङ वाकमा गएको जनाइएको छ। उनको भाईलाई पनि गोली लागेको छ।

काठमाडौ टुडे 

प्रतिक्रया दिनुहोस्