राप्रपा बैठकमा केन्द्रीय महाधिवेशनदेखि एमसीसी सम्झौताबारे सरकारको स्पष्ट धारणा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले महाधिवेशनले यो  निर्णय गरेको हो ।

बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित समेत गरेको छ ।

यसैगरी राप्रपाले अमेरिकी सरकारको आर्थिक सहायता एमसिसीका सम्बन्धमा हाल देखापरेका विवाद र बहसका बरेमा आफ्नो धारणा स्पष्ट पार्न सरकारसंग माग गरेको छ । नेपाल र अमेरिकाबीच भएको एमसिसी सम्झौतामा रहेका केही प्रावधानहरु सुधार गरेमा उक्त सहयोगले नेपालको जलविद्युत र यातायात पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिने राप्रपाले ठहर गरेको छ ।

यी हुन राप्रपाले गरेका निर्णयहरु :

प्रतिक्रया दिनुहोस्