कांग्रेस महामन्त्री कोइराला र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। नेपालमा हिन्दु राज्यको वकालत गर्दै आएका महामन्त्री कोइरालाले कट्टर हिन्दुवादी भाजपा नेतासमेत रहेका आदित्यनाथसँग उनकै कार्यालय लखनउमा भेट गरेका हुन्।

उत्तर प्रदेशको राजधानी लखनउमा भएको भेटवार्तामा दुई नेताबीच द्वीयपक्षी हितबारेमा कुराकानी भएको बताइएको छ। कोइरालाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउनुपर्ने मत राख्दै आएका छन्।

दुई नेताबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ।

प्रतिक्रया दिनुहोस्