30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

कमिसन काण्डमा मुछिएका संचारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६  

काठमाडौ । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन दवाब परेको थियो ।उहाँले प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएर राजीनामा दिनुभएको हो ।

स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको कुरालाई लिएर बिहीवार राष्ट्रियसभा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६     3:34:21 PM  |

प्रतिक्रया दिनुहोस्