1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

राप्रयुसं कैलाली जिल्ला अध्यक्षमा दिनेश बम

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६  

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन (राप्रयुसं) कैलालीको जिल्ला युवा भेला धनगढीमा सम्पन्न भएको छ । भेलाले दिनेश बमको अध्यक्षतामा २५ नयाँ कार्येसमिति गठन भएको छ ।

जसको उपाध्यक्षमा शेर शाही ,बृश चौधरी,लोकेन्द्र शाही छ्न भने सचिवमा सौरभ सिंह थापा,सह सचिवमा मेखराज भट्ट,कोषाध्यक्षमा चन्द्र साउद प्रबक्तातर्फ  दुर्गा चन्दसहित अन्य सदस्य रहेका छ्न ।

कार्यक्रममा पार्टीका सह-माहमन्त्री चन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यता, प्रदेश अध्यक्ष श्याम शाही , युवक संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल , युवक संगठनका केन्द्रिय कोषाअध्यक्ष गुण राज भण्डारी , युवक संगठनका केन्द्रीय सदस्य सबिक , प्रदेश कोषाअध्यक्ष ललित जोशी , प्रदेश सदस्य गजेन्द्र बाहादुर चन्द ,जिल्ला अध्यक्ष होम बाहादुर गुरुङको उपस्थिति थियो ।

यसैगरी जिल्ला सचिव छत्र शाही ,बिद्यार्थी नेता कमल बम , प्रतीक जोशी , जेम्स पल,र पार्टीका विभिन्न तहका पदाधिकारी र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको हो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६     5:52:33 PM  |

प्रतिक्रया दिनुहोस्