नायक विजय केसीको अभिनयमा ‘तिम्रा आँशु पुछौं कि’ (भिडियो सहित)

काठमाडौं। लोकदोहोरी देखि चलचित्र सम्ममा अभिनय गर्न माहिर रहेका नायक विजय केसीको अभिनयमा सुमधुर गीत तिम्रा आँशु पुछौं कि सार्वजनिक भएको छ।

प्रतिभा शाहको प्रस्तुतिमा कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक नरेन्द्र प्यासीको आवाजले सजिएको यो गीतमा पुष्पराज पन्तको शब्द, सन्तोष श्रेष्ठको संगीत, सुदिप सागरको संगीत संयोजन र मित्र लामाको मिक्सिङ् रहेको छ भने संगम रेकर्डिङ स्टुडियोमा यस गीतको अडियो तयार भएको हो।
नायक विजय र मल्लिका बुढाथोकीको जोडदार अभिनय रहेको यस गीतको म्युजिक भिडियो नरेन्द्र धामीको निर्देशन/सम्पादन र महेश महराको छायांकनमा तयार भएको हो। गोल्डेन कृयशन प्रालिले तयार पारेको यो गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नायक विजय केसीका साथै यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना!!

भिडियो हेर्नुहोस्:

प्रतिक्रया दिनुहोस्