1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत छैटौं दिनका खेल समाप्त

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन १५, २०७६  

काठमाडौ । किङ्गकम स्पोर्टस् क्लबद्वारा भिमसेनगोला स्थित राधाकृष्ण ब्याडमिन्टन ग्राउण्डमा संचालन भईरहेको १०औं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको आज छैटौं दिनको खेल समाप्त भएको छ ।

आजको पहिलो खेल जेष्ट बिसीका दिपक राना तथा सुशील श्रेष्ठका जोडि र टिकाथलि क्लबका आदर्ष बिष्ट तथा सुभाष उलाकका जोडि बिच भएको थियो जसमा जेष्ट बिसीका दिपक राना तथा सुशील श्रेष्ठका जोडिले २१-१५, १८-२१ र २१-१४ को स्कोरमा जित हासिल गरे ।

त्यसैगरी आजको दोश्रो खेल देविनगर क्लकका दिल कार्कि तथा जीवन थापाको जोडि र देवेन्द्र दुलाल तथा खेमराज भट्टका जोडि बिच सम्पन्न भयो । यस खेलमा देवेन्द्र दुलाल तथा खेमराज भट्टका जोडिले सोझो सेट मै २१-११ र २१-१३ को स्कोरले जित हासिल गरे ।

आजै भएको अन्तिम खेल बिश्रान्ति क्लबका जोडि गणेश गिरी तथा मधुकर लामिछानेको जोरपाटि क्लबका जोडि सुरेन्द्र थापा तथा बिरेन्द्र लामाको जोडि बिच भएको थियो । यस खेलमा राम्रो खेल प्रदर्शन गर्दै जोरपाटि क्लबका जोडि सुरेन्द्र थापा तथा बिरेन्द्र लामाले सोझो सेट २१-१२ र २१-१० को स्कोरले जित हात पारे ।

छैटौं दिनको खेलको बशेष अथितिमा क्लकका आजिवन सदस्य तथा स्टार ईलोक्ट्रोनिक्सका संचालक श्री देवेन्द्र थापा ज्यु, पुर्व अन्तराष्ट्रिय कराते खेलाडि, एसियन गोल्ड मेडलिष्ट तथा राखेपका प्राबिधिक निर्देशक श्री तुरसी महर्जन र अन्तराष्ट्रिय ब्यडमिन्टन अम्पायर केदार धिमाल उपस्थित थिए भ्स्ने अम्पाएरमा श्री सत्यनारायण मानन्धर थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १५, २०७६     10:38:37 AM  |

प्रतिक्रया दिनुहोस्