
काठमाडौं। नेपाली संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय गायक, सर्जक तथा निर्देशक रेशम सापकोटाको लय, शब्दमा लोकदोहोरी गीत ब्युटिफुल सार्वजनिक भएको छ।
भिजिट नेपाल २०२० को अवसर पारेर सार्वजनिक गरिएको ब्युटिफुल गीतमा गायक सापकोटा र श्याम रानामगरको धमाकेदार स्वर रहेको छ भने राजन पौडेल, गोविन्द वली, धर्तिमा थापा र चन्द्रकला कुँवरको सामूहिक आवाजले यो गीतमा थप रौनकता थपिएको छ।
गायक सापकोटाको निर्देशन, दिनेश मुस्कानको छायांकन र रोशन धितालको सम्पादन रहेको यो गीतको म्युजिक भिडियोमा गायकद्वय रेशम सापकोटा र श्याम रानामगरले जोडदार अभिनय गरेका छन् ।
तरेली संगीत कुञ्जको प्रस्तुतिमा तयार पारिएको यो गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गायक, सर्जक तथा निर्देशक रेशम सापकोटा र यस गीतमा संलग्न सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना!!
भिडियो हेर्नुहोस्: