25 May 2020  |   सोमवार, जेष्ठ १२, २०७७

“समृद्ध नेपाल सुखी नेपाली”को आधार नै जनतन्त्र हो !

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६  

डा. मनोज कुमार झा
मानव सभ्यताको विकास र त्यससँगै शासन प्रशासनको विकास आज भन्दा लगभग १५००० वर्ष पुर्व (पन्द्रह हजार वर्ष पुर्व) मिथिला बाटै भएको एथेष्ट प्रमाणहरु भेटिन्छ ,जसलाई “जनतान्त्रिक शासन ब्यवस्था” भनिन्थ्यो । अर्थात संसार कै सबभन्दा पुरानो, बैज्ञानिक समाजवादी, समतामूलक, ब्यवस्थित, जनमुखी, जन-उत्तरदायी शासन ब्यवस्था नै “जनतान्त्रिक शासन ब्यवस्था” हो ।

इतिहासको पन्नाहरुलाई सुक्ष्म अध्यन गर्दा त्रेतायुग आजको आधुनिक युग भन्दा कयौं गुणा बढी विकसित, सभ्य र शिक्षित थियो। अनेक अलौकिक अस्त्र-शस्त्रद्वारा सु-सज्जित त्रेतायुगमा बिज्ञानको चमत्कार नै अनौठो थियो। त्यो युगमा नै बिज्ञानले अति सुक्ष्म आविस्कार गरिसकेको थियो। त्रेतायुगमा योग साधना र ज्ञानको अदभूत मेलले मानव जीवन नै सरल र सहज बनाएको थियो। त्यस युगमा पनि विभिन्न राज्य र रजौटाहरु आ-आफ्नो अस्तित्वमा थिए। र सबैको आ-आफ्नो शासन पद्धति थियो।
००००००
त्रेतायुगमा मिथिला पनि एक स्वतन्त्र राज्य थियोे। र मिथिलामा जनतन्त्र थियोे। जनतान्त्रिक शासन पद्धति अवलम्बन गरेको मिथिलाको राजा जनक जनप्रिय राजा थिए। महर्षी जनक एउटा महान विद्वान, तपस्वी, योगि, पराक्रमी र शक्तिशाली राजा थिए। विभिन्न ऋषि- मुनि, साधु-सन्त, वीर, विराङ्ग्ना र विद्वानको अधभुत ज्ञान र बिज्ञानद्वारा चर्चित मिथिलाले त्यो बेला एउटा बेग्लै आफ्नो पहिचान बनाएको थियो। त्रेतायुगमा मिथिलालाई ज्ञानको भन्डारको रूपमा पनि चिनिन्थ्यो। ज्ञान प्राप्त गर्न र विद्वानको उपाधी प्राप्त गर्न मिथिला नै पुग्नु पर्ने पुरै संसारको बाध्यता थियो। त्यसबेला मिथिला एउटा अति  विकसित रास्ट्र बनेको थियो। मिथिलाको नागरिक सम्पन्न र संस्कारी थियो। राजा र रन्ती बीच भेदभाव थिएन। सबै मानवता र भाइचाराको भावनाले ओतप्रोत थिए। र जीवन सरल तथा सुखद थियोे।

०००००
त्रेतायुगको जनतान्त्रिक मिथिलामा सबैलाई समान हक र अधिकार थिए। देश र जनताको समुचित बिकास नै जनतन्त्रको मुख्य उदेश्य थियोे। कसैलाइ काखा र कसैलाइ पाखा लाउने नीति थिएन। राज्य जनताप्रति उतरदायी थियो। कुनै किसिमको विभेद थिएन। देश र जनतामाथि संकट आउदा राज्यले सामना गर्न सक्ने क्षमता थियो। जसको अस्पस्ट उदाहरणहरु प्रशस्त छन।

त्रेतायुगको मिथिलाको न्याय प्रणाली ठोस, न्यायसंगत र तर्कसंगत थियो। पहुच र पावरको बलमा कसैलाइ पनि कुनै किसिमले छुट दिने परम्परा थिएन। न्याय सबैका लागि बराबर हुनुपर्छ भने मान्यता रहेका मिथिलामा सबै समान थिए। र जनताको सुखदुःखलाई आफनो सुखदुःख ठान्ने महान राजालाइ जनताले आफ्नो अभिभावक नै ठान्थे। नारी माथीको हिंसा र भ्रष्टाचारलाई जघन्य अपराध ठान्ने मिथिलामा दोषी जोकोहीलाई पनि कडा कारवाही गरिन्थ्यो। भगवान रामलाई पनि मिथिला स्वर्ग नै लाग्यो।
०००००
तर आधुनिक मिथिलामा धेरै अलोकप्रिय राजाहरु छन। सबैको आ-आफ्नो मनोमानी छन। ज्ञान, बिज्ञान लोप भैसकेका छन। राजाहरू का भ्रष्टाचार गाउँ गाउँ सम्म पुगिसकेको छ। भैंसीहरु बितरनलाई महत्त्वपूर्ण उपलब्धि ठानेर रमाइ रहेका छन। अब बिकास त्रेतायुगको जस्तो गर्ने कुरा गर्दै छन। तर त्रेतायुगको झझल्को दिने सम्पदाहरु उचित संरक्षणको अभावमा तहस नहस हुँदै छन। तर खाली गफ दिएर जनतालाई आस्वस्त पारिदैछ। गणतन्त्रमा जनतन्त्रको जस्तो विकास र न्याय सम्भव छैन। त्यसैले त्रेतायुग जस्तो बिकासको झ- झल्को दिन जनतन्त्रको लागि अग्रसर होऔं।

ज्ञान र बिज्ञानको भन्डार, न्यायको जननी अहिले विभिन्न बिदेशी वाद र तन्त्रको झन्डा मुनि दबेको छ। मिथिलाको पुरानो शासन पद्धति, संस्कार र संस्कृति नै अहिले संकटमा रहेको नेपाल र नेपालीलाई बचाउन सक्छ। आ-आफ्नो लोभ र लालचमा डुबेर आफ्नो गौरबपुर्ण इतिहास नै बिर्सनु भनेको आफुलाइ नै मार्नु हो। र हामी आफुलाइ नै मार्न तिर अभ्यस्त भैरहेका छौं।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६     11:18:46 AM  |

प्रतिक्रया दिनुहोस्