1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

तेस्रो राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिता सुरु, विजेताले ८१ हजार नगद प्राप्त गर्ने

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६  

राजेन्द्र रावल,बाैनिया । तेस्रो राष्ट्रव्यापि खुल्ला भलिबल प्रतियोगिता २०७६ कैलालीको बर्दगोरियामा सुरु भएको छ । शुक्रबार एक समारोहबीच बर्दगाेरिया गाउँपालिका अध्यक्ष बलिराम डगाैरा थारूले प्रतियोगिताकाे उद्घघाटन गरे ।

साे अवसरमा थारुले साईनिङ्ग स्टार यूवा क्लबले रङ्ग हरुकाे पर्व हाेलिकाे अवसरमा प्रतियोगिताकाे आयाेजना गरेकोमा धन्यवाद दिदै प्रतियोगिताकाे निरन्तरता काे कामना गरे । यसैगरी उनले विश्वमा काेराेना भाइरसकाे संक्रमण देखिरहेका कुरा बताउदै सचेत रहेर हाेलि पर्व मनाउन आग्रह समेत गरे ।

प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका गरि विभिन्न १७ टिमको सहभागिता रहेको छ। प्रतियोगिता काे विजेताले ८१ हजार नगद प्राप्त गर्दा दाेस्राे स्थान हासिल गर्ने टिमले ५१हजार नगद र तेस्रो स्थान हासिल गर्ने टिमले नगद २५ हजार संगै मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बिधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने आयाेजक क्लबले जानकारी दिएकाे छ ।

उद्घाटन कार्यक्रममा बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष भगवती देवि डगाैरा थारु विशिष्ट अतिथि थिइन । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा,वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार संगै कार्यपालिका सदस्य काेकिला खत्री र न्यायिक समिति सदस्य टंक ओलीकाे समेत सहभागिता रहेको थियो ।

आयोजक क्लबका बरिष्ट उपाध्यक्ष भेषराज जैशीकाे स्वागत मन्तव्य संगै सुरु भएको उद्धाटन कार्यक्रम काे सञ्चालन महासचिव शिखर बिकले गरेका थिए । प्रतियोगिता २८ गतेसम्म चल्नेछ । उद्धाटन कार्यक्रम आयाेजक क्लबका अध्यक्ष मिलन ओलीकाे अध्यक्षतामा भएको हाे ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६     4:49:34 PM  |

प्रतिक्रया दिनुहोस्