सालको गोलिया सहित ४ जना पक्राउ

इन्दु केसी,सुखड । कैलालीको घोडाघोडी नगरपालिका बाट अबैध सालको गोलियासहित ४ जना पक्राउ परेका छन । डिभिजन वन कार्यालय पहलमानपुर र सब डिभिजन बन कार्यालय सुखडको संयुक्त गस्ती टोलिले घोडाघोडी नगरपालिका वडा न ११ का  गंगा राम बुढाको गोठमा लुकाइ राखेको अवस्थामा अबैध काठ बरामत गरेको हो ।

टोलिले विशेष सुराकिका आधारमा ७६.०५ क्यु फिटका १२ ओटा सालका गोलियासहित घोडाघोडी नगरपालिका वडा न ११ सिसैयाका प्रकाश बुढा,यज्ञ बुढा, ,लक्ष्मण उपाध्याय, गंगा राम बुढालाइ  पक्राउ गरेको सब डिभिजन बन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिए ।

पक्राउ परेका माथि बन ऐन २०७६ र बन निमावलि २०४९ अनुसार काहबाही हुने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्टले बताए । प्रकाउ परेकालाइ थप अनुसन्धान लागि धनगढी पठाइएको छ ।

प्रतिक्रया दिनुहोस्