26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

नायक विजय केसीको अभिनयमा ‘देखेको थिएँ’ (भिडियो सहित) 

    | प्रकाशित मितिः शनिबार, चैत्र १, २०७६  

काठमाडौं। लोकदोहोरी देखि चलचित्र सम्ममा अभिनय गर्न माहिर रहेका नायक विजय केसीको अभिनयमा फेरि अर्को आधुनिक गीत ‘देखेको थिएँ‘ सार्वजनिक भएको छ।

प्रतिभा शाहको प्रस्तुतिमा प्रेम प्रसाद राजभण्डारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा भबिन ढुङ्गानाको कर्णप्रिय आवाज सुन्न सकिन्छ।

विवेक रावलको कथा, महेश महराको छायांकन र नरेन्द्र धामीको निर्देशन/सम्पादनमा ETV Nepal Pvt. Ltd. ले उत्पादन गरेको यो गीतको म्युजिक भिडियोमा नायक विजय र मल्लिका बुढाथोकीको अभिनय देख्न सकिन्छ।

गोल्डेन क्रियशन प्रा.लि.ले बजार प्रवन्धन गरेको यो गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘Nepali Adhunik song’ मार्फत सार्वजनिक गरिएको छ।

नायक विजय केसी लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना!! 

भिडियो हेर्नुहोस्:

प्रकाशित मितिः शनिबार, चैत्र १, २०७६     6:19:03 AM  |

प्रतिक्रया दिनुहोस्