26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

“लाउदैन र बाडुल्की” बोलको प्रतिक्षारत मौलिक गित बिहिवार सार्वजनिक हुने

    | प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६  

काठमाडौं । धेरैले प्रतिक्षा गरेको “लाउदैन र बाडुल्की” बोलको प्रतीक्षारत मौलिक गित भोलिदेखि सार्वजनिक हुने भएको छ । कमल बिसि माल्दाई र प्रतिभा अर्पणको आवाजमा रहेको यस गितको शब्द/लय सृजना चर्चित सर्जक शिव हमालको रहेको छ । यस गितमा अभिनय तथा नृत्य सुनिल क्षेत्री र रक्षा श्रेष्ठको रहेको छ ।

प्रतिभा अर्पणको एल्बमको रुपमा यो गित बजारमा आउन लागेको हो । मौसम हिमालीको निर्देशन रहेको यस गितमा नवराज उप्रेतिको छायाकन रहेको छ । सुनिल परियारको म्युजिक एरेन्ज रहेको यस गित शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आउदैछ । गितको सम्पादन प्रबिन भट्टले गरेका हुन भने मारुनी रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको हो ।

प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६     7:06:05 PM  |

प्रतिक्रया दिनुहोस्