1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

लोकप्रिय गायक रेशम सापकोटाको जनचेतनामूलक गीत ‘कोरोना भाइरस’ (भिडियो सहित)

    | प्रकाशित मितिः बिहिबार, चैत्र ६, २०७६  

काठमाडौं। नेपाली संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय गायक, सर्जक तथा निर्देशक रेशम सापकोटाको लय, शब्दमा जनचेतनामूलक लोकदोहोरी गीत ‘कोरोना भाइरस‘ सार्वजनिक भएको छ।


विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (केभिड-१९) बाट बच्ने उपाय समेटिएको यो जनचेतनामूलक गीत गायक सापकोटाको लय तथा शब्द सिर्जनामा गायक सापकोटा र मञ्जु गुरुङको आवाज तथा राजन पौडेल, गोविन्द वली, पवित्रा रिजाल र धर्तीमा थापाको सामुहिक आवाजले सजिएको छ ।
गायक सापकोटाकै निर्देशन, दिनेश मुस्कानको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायक, सर्जक तथा निर्देशक रेशम सापकोटा र यस गीतमा संलग्न सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना!!

भिडियो हेर्नुहोस्:

प्रकाशित मितिः बिहिबार, चैत्र ६, २०७६     8:23:40 PM  |

प्रतिक्रया दिनुहोस्